दीपेन्द्रशिखर पवित्रहाङमा गोल्डकपकाे सेमिफाइनलमा

इलाम। दीपेन्द्रशिखर फुटबल क्लब इलाम धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा शनिबार भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २–० ले पराजित गर्दै दीपेन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो। इलामको जितमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गरिन्।
खेलको पहिलो हाफको १९औं मिनेटमा सजिनाले गोल गर्दै सुरुआती अग्रता दिलाइन्। उनले मैदानको मध्यभागको नजिकैबाट प्रहार गरेको बलले मिक्लजुङका गोलरक्षक उषा थापालाई बिट गर्दै सिधै जाली चुम्यो। यसै गरी खेलको दोस्रो हाफको नवौं मिनेटमा स्वस्तिकाले गोल गर्दै २–० को सहज जित दिलाइन्।
खेलको प्लेयर अफ द म्याच स्वस्तिका घोषित भइन् र पाँच हजार ६९ रुपैयाँ हात पारिन्। मिक्लाजुङले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका मन्जली योन्जन, कुसुम खतिवडा, एपिएफ क्लबकी रविना गोले, यु–१८ राष्ट्रिय टिमकी गोलरक्षक उषा थापासहित मैदान उत्रिएको थियो।
पवित्रहाङमा साँवाको ६९औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा आइतबार पथरी शनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले तीन लाख १६९ रूपैयाँ र उपविजेताले दुई लाख १६९ पाउने छन्। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी, अनुशासित खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायतलाई नगद पुरस्कारबाट सम्मान गरिने छ। प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ।






-1763772456514.webp&w=3840&q=75)


-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)
