मनिषाको सानदार बलिङ, १०६ रनमै रोकियो थाइल्यान्ड
मंगलबार, माघ २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। मनिषा उपाध्ययको सानदार बलिङसँगै नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा थाइल्यान्डलाई १० रनमै रोकेक छ। योसँगै पहिलो जितको खोजीमा रहेको नेपालले १०८ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटट मैदानमा टस हारेर ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १०७ रन बनाउन ६ विकेट खर्चियो। थाइल्यान्डकी चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइ। अविजित रहेकी उनले २८ बल खेली एक चौका प्रहार गरिन्।
नानपत कोन्चारोएनकाइ १९, अपिसरा सुवान्चोनरथी १७ र नुटाया बुचाथम १० रनमा आउट हुँदा थिपाचा पुथावाङ् २५ रनमा अविजित रहिन्।
थाइल्यान्डलाई सस्तैमा रोक्न मनिषाले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १८ रन खर्चिइन्। पूजा महतो र यसै खेलबाट डेब्यु गरेकी रचनाकुमारी चौधरीको नाममा समान एक विकेट रह्यो।














