शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

‘फुटबल राम्रो भए राष्ट्रिय टिममा फर्किन्छु’

आइतबार, माघ १३, २०८१खेलपाटी संवाददाता
‘फुटबल राम्रो भए राष्ट्रिय टिममा फर्किन्छु’
Classic Tech Internet Ad

काठमाडौं। चर्चित स्ट्राइकर विमल घर्तीमगरले फुटबल राम्रो भएको खण्डमा राष्ट्रिय फुटबल टोलीमा फर्किने बताएका छन्।

पछिल्लो दुई वर्षदेखि उनी राष्ट्रिय टोलीमा देखिएका छैनन्।नेपालमा फुटबल खेल्ने वातावरण भएको अवस्थामा आफू राष्ट्रिय टोलीमा फर्किने उनले बताएका हुन्। ‘राष्ट्रिय टोलीबाट खेल्न मन छ। देशका लागि खेल्दा गर्व महसुस हुन्छ,’ विमलले खेलपाटीसँग भने, ‘फुटबल राम्रो भए राष्ट्रिय टोलीमा फर्किन्छु।’

अस्ट्रेलियामा रहेका विमल मोफसलको फुटबल खेल्न नेपाल फर्किएका छन्। विमलले मच्छिन्द्र क्लबबाट सभापति कप फुटबल प्रतियोगिताअन्तर्गत विभागीय टोली एपिएफविरुद्ध खेल्दै करिब एक वर्षपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुनरागमन गरेका थिए। 

उनले अन्तिपल्ट यो रंगशालामा चितवन एफसीबाट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए। अस्ट्रेलियाबाट फर्किएका उनलाई चितवनले ‘आकोनिक प्लेयर’ बनाएको थियो। तर, चितवन आठ खेलबाट नौ अंक जोड्दै सातौं स्थानमा रहेर प्लेअफ पुग्न चुकेको थियो।

यसपल्ट यही मैदानमा उनी दोस्रो हाफमा छिरे। उक्त खेलमा सनिश श्रेष्ठको निर्णायक गोलमा मच्छिन्द्र १–० ले विजयी भएको थियो। यो प्रतियोगिता सक्किएसँगै मच्छिन्द्र मोफसलका प्रतियोगितामा फर्किने छ। फुटबल खेल्ने वातावरण नभएको भन्दै उनी राष्ट्रिय टोलीमा सहभागी हुन छाडेका थिए। त्यसपछि विमलले अन्य फुटबलर जस्तै अस्ट्रेलियालाई गन्तव्य बनाए। फुटबल राम्रो भए राष्ट्रिय टोलीमा फर्किने बाटो नै यही हुने विमल बताउँछन्।  

फुटबल राम्रो भएको खण्डमा अस्ट्रेलियाबाट धेरै खेलाडी नेपाल फर्कनेसमेत उनले बताए। ‘हामीले सानैबाट जानेकै फुटबल खेल्न हो। तर, अस्ट्रेलियामा खेलाडीले काम गर्नुपरेको छ। फुटबल राम्रो भए धेरै खेलाडी नेपाल फर्कन्छन्,’ उनले भने।

हेर्नुहोस् विमलसँगको पूरा अन्तर्वार्ता–

Bajaj Pulsar Motorcycle Ad
बिमल घर्तिमगर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल

२२ वर्षको पर्खाइ, नयाँ आशाको खेल

छक्का हान्न सक्दैनन् नेपाली खेलाडी

छक्का हान्न सक्दैनन् नेपाली खेलाडी

Bajaj Pulsar Motorcycle Ad
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य