बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी

बिहिबार, ०३ माघ २०८१खेलपाटी संवाददाता
सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी
Loading ad...
mustang rice ad

काठमाडौ। पुन: शीर्ष डिभिजिनमा उक्लने लक्ष्य बुनेको सरस्वती युथ क्लब, कोटेश्वरले ‘बी’ डिभिजन लिगको तयारी थालेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ। सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि छैटौं स्थानबाट माथि उक्लिन सकेन। 

यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य बोकेको सरस्वतीले बिहीबार कागेश्वरी मनोहरा ७, थापा गाउँस्थित अमरसिंह क्लबको सोमतिर्थ खेल मैदानमा खुला छनोटमार्फत पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ। सरस्वतीका टेक्निकल स्टाफ नसिम सुल्तानका अनुसार एक सातासम्म चलेको छनोट प्रक्रियामा यी खेलाडी छनोट भएका हुन्।

‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको ब्रेकपछि अन्तिम चरणको बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि बी डिभिजनको तयारीका लागि काठमाडौं उपत्यका बाहिर मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने।

पहिलो दिन क्लबले भक्तपुरको रोयल नेपाल फुटसल, दिव्यश्वरी (प्लानिङ) मा फिटनेस, स्पीडलगायत अन्य शारीरिक प्रशिक्षण सत्र सञ्चालन भएको थियो। त्यसपछि सोमतिर्थ खेल मैदानमा ६ दिनसम्म १५ देखि २८ वर्ष उमेर समूहका खेलाडीहरूको प्रशिक्षण लिइएको हो।

दोस्रो दिनको प्रशिक्षणमा टेक्निकल टेस्ट, ट्याक्टिकल र गेम मोडल समावेश गरिएको थियो। पहिलो चरणमा १०० भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए।

टेक्निकल स्टाफ असीम अर्यालले सानोदेखि केही अनुभवी उमेर समूहका खेलाडीले पहिलो चरणको छनोटमा उत्साहजनक सहभागिता जनाएको बताए। उनी पाना नेपालका संस्थापक तथा ट्रिट फुटबलका ‘थ्री भि थ्री’ प्रशिक्षक पनि हुन्। ‘हामीले नयाँ टिम हुँदा पनि राम्रोसँग काम गर्न पाएका छौं। अहिले पहिलो चरणको छनोट सकिएको छ। अब दोस्रो चरणमा केही खेलाडी घटाएर लिगमा केन्द्रित हुन्छौं,’ उनले भने।

यस्तै, सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वम्यानेजर उत्तमराज भण्डारीले प्रि–सिजनका लागि मोफसलका प्रतियोगितामा सहभागी हुने बताए। ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलमेन्ट प्रोग्रामको एउटा क्षेत्र हो। आगामी दिनमा यस्तै अन्य कार्यक्रम पनि क्लबले गर्नेछ,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बिमला चम्किँदा आर्मी फाइनलमा

बिमला चम्किँदा आर्मी फाइनलमा

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

निर्वाचन आयोगले भन्यो- एन्फाको निर्वाचन प्रक्रिया रोक्नु

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा उक्लिए

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन