पुलिसको अपराजित यात्रा कायमै, चौथो खेलमा पनि हार्यो खुमलटार
बुधबार, माघ २, २०८१खेलपाटी संवाददाता

काठमाडौं। समीर राई र किरणराज गिरीको सानदार प्रदर्शनसँगै विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा अपराजित यात्रा कायमै राखेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले ६–० को जित निकालेको हो। योसँगै पुलिसले चार खेलमा १० अंक जोडेको छ। समान खेल खेलेको खुमलटार जितविहीन छ।
खेलको नवौं मिनेटमै राजराज गौतमको गोलमार्फ पुलिसले सुरुआती अग्रता लियो। ३६औं मिनेटमा समीरले उक्त अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पुलिसले चार गोल थप्यो।
५४औं मिनेटमा समीरले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। ८४औं मिनेटमा सुरज गुरुङले अग्रता ४–० मा पुर्याए। त्यसपछि किरणले थप दुई गोल गर्दै पुलिसलाई ६–० को जित पक्का गराए।










-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)

