बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पहिलो अभ्यास खेलमा नेपाल पराजित

सोमबार, पुष २९, २०८१खेलपाटी संवाददाता
पहिलो अभ्यास खेलमा नेपाल पराजित
Classic Tech Internet Ad

काठमाडौं। नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको छ। आइसिसी यु–१९ महिला टी–२० विश्वकपको तयारीस्वरुप नेपालले सोमबार वेस्ट इन्डिजको सामना गरेको हो। तर, कुनै पनि ब्याटर जम्न नसक्दा नेपालले ९ रनको पराजय बेहोर्‍यो।

वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो। नेपालले अब दोस्रो अभ्यास खेल माघ २ गते अमेरिकासँग खेल्नेछ।

नेपालका लागि सिमना केसीले अलराउन्ड प्रदर्शन गरिन्। बलिङतर्फ एक विकेट लिएका उनले ब्याटिङमा पनि सर्वाधिक २३ रनको योगदान दिएकी थिइन्। तर, १९ बलमा तीन चौका प्रहार गरेकी उनको त्यो इनिङ्स नेपालको जितमा पर्याप्त बनेन। नेपालले पहिलो बलमै ओपनर सना प्रविणलाई शून्य रनमा गुमाएको थियो। 

अर्की ओपनर सावित्री धामी पनि पाँच रनमै पेभिलियन फर्किइन्। स्कोर बोर्डमा ६ रन थपिँदा कप्तान पूजा महतो पनि १८ रनमा क्याच आउट हुँदा नेपालको संकट चुलिएको थियो।

उपकप्तान सोनी पाख्रिन र जोत्सनिका मरासिनीले इनिङ्स उकास्ने प्रयास गरेपनि १४  रनभन्दा बढीको साझेदारी गर्न सकेनन्। जोत्सनिका र अनिशाकुमारी यादव समान एक रनमा आलियाह विकेन्सबाट क्याच आउट हुँदा सोनी पनि १५ रनमै बोल्ड हुन पुगिन्।

त्यसपछि किरणकुमारी कुँवर र सिमना केसीले सातौं विकेटका लागि ३० रनको साझेदारी गर्दै जितनजिक पुर्‍याएका थिए। तर, किरण १८ र सिमना २३ रनमा आउट भएपछि तल्लोक्रममा ब्याटरले फिनिसिङ गर्न सकेनन् र एक रन बनाउँदा दुई विकेट गुमाउन पुगे।

वेस्ट इन्डिजका त्रिशा हरदत, अमिया गिल्बर्ट र अलियाहले समान दुई विकेट लिइन्। एक विकेट केनिका क्यासरको नाममा रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो