शनिबार, १२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक निर्वाचनको एजेण्डा राखेपको बोर्ड बैठकमा

आइतबार, २८ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिक निर्वाचनको एजेण्डा राखेपको बोर्ड बैठकमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचनलाई मुख्य एजेण्डाको रुपमा राख्दै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक बोलाईएको छ । सदस्य सचिव टंकलाल घिसिङले ओलम्पिकको निर्वाचनलाई पहिलो एजेण्डामा राख्दै परिषद्को बोर्ड बैठक बोलाएका छन् । 

बैठक आगामी बिहीबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बोलाईएको छ । 

बैठकको पहिलो एजेण्डाकै नेपाल ओलम्पिकको विशेष साधारण सभा, विधान संशोधन एवं निर्वाचन सम्बन्धमा छलफल गर्ने उल्लेख गरिएको छ । अदालतको आदेश, सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बिनै जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीको निर्वाचन गरेर आफुलाई अध्यक्षमा स्वघोषणा गरेपछि ओलम्पिक विवाद उत्कर्षमा छ । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अदालती आदेश अवज्ञा गर्ने र सरकारी निर्देशन विपरित निर्वाचन गर्ने ओलम्पिक कमिटीलाई कारबाही गर्ने तयारी गरेका छन् । साथै मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा आबद्ध हुने खेल संघलाई समेत कारबाही गर्ने बताएका छन्। 

राखेपको बोर्ड बैठकको दोस्रो एजेण्डामा ओलम्पिक कमिटीमा आबद्ध खेल संघहरुको सम्बन्धमा छलफल गर्ने एजेण्डा राखिएको छ । मन्त्रालय र राखेपले ओलम्पिक निर्वाचनमा सहभागी भएका संघलाई स्पष्टिकरण सोधेर कारबाहीको तयारी गरेको छ । निर्वाचनमा सहभागी भएका २७ खेल संघलाई स्पष्टिकरण सोधेको राखेपले कारबाहीको निर्णयलाई छलछफका लागि बोर्ड बैठकमा राखेको हो । 

ओलम्पिक निर्वाचनको अन्तिम मतदान प्रकृयालाई ७ खेल संघले बहिष्कार गरेका थिए भने उपाध्यक्षमा निर्विरोध निर्वाचन भएको घोषणा गरिएका प्रकाश राणाले अदालती आदेश र सरकारको निर्देशनको पालना गर्ने भन्दै पदबाट राजीनामा दिएका थिए । ओलम्पिक निर्वाचनमा निर्विरोध उपाध्यक्ष घोषित अनिल शर्मा र सदस्य मनिष जोशीले समेत अन्तिम मतदान प्रकृयालाई बहिष्कार गरेका थिए । 

जबर्जस्ती विधान संशोधन गराएर नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा आफुलाई स्व घोषणा गरेका जीवनराम श्रेष्ठको निर्वाचन मान्यता नदिन र निष्पक्ष छानविन गर्न भन्दै सरकारले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई पत्राचार गरेको छ । नेपाल ओलम्पिक कमिटीको विवादीत निर्वाचनलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक कमिटी अफ एसियाले अहिलेसम्म मान्यता दिएका छैनन् । 
 

Loading ad...
LiNing Ad
# राखेपको बोर्ड बैठकमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

रियललाई धक्का

रियललाई धक्का

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

तार्केश्वर नगरपालिका लगातार तेस्रोपटक च्याम्पियन

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

पुलिसलाई हराउँदै आर्मी फाइनलमा

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा