बागमतीको पहिलो जित
शुक्रबार, पुष २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न खेलमा बागमतीले वालिङ नगरपालिकालाई २-० ले हराएको हो। जितसँगै बागमतीले तीन अंक जोडेको छ। वालिङ भने जितविहीन छ।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो। तर, दोस्रो हाफ सुरु भएको सातौं मिनेटमै अस्मिता खवासले बागमतीलाई सुरुआती अग्रता दिलाइन्। ७५औं मिनेटमा विष्णुमाया बलले अर्को गोल थप्दै बागमतीको जित पक्का गरिन्।






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


