थ्री स्टारको पुनरागमन जित
शुक्रबार, पुष २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराएको हो। जारी लिगमा थ्री स्टारको यो दोस्रो जित हो। तीन खेल खेलेको थ्री स्टारले सात अंक पुर्याएको छ। हिमालयन शेर्पाको भने एक अंक छ।
४७औं मिनेटमा अमीर तामाङको गोलमार्फत हिमालयन शेर्पाले सुरुआती अग्रता लिएको थियो। तर, ६२औं मिनेटमा राज बमले थ्री स्टारलाई खेलमा फर्काए। त्यसको सात मिनेटपछि नै भुपेन्द्रबहादुर राउतले अर्को गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गर्दिए।