धुव्र आचार्य राखेपको उपाध्यक्षमा नियुक्त
बुधबार, १७ पौष २०८१खेलपाटी संवाददाता
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा धुव्र आचार्यलाई नियुक्त गरेको छ ।
मन्त्री परिषद्को बैठकले राखेपको रिक्त उपाध्यक्ष पदमा एमाले निकट आचार्यलाई नियुक्त गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उपाध्यक्षमा आचार्यलाई नियुक्त गरिएको बताए ।
उनले मन्त्रालयको सिफारिसमा आचार्यलाई नियुक्त गरिएको उल्लेख गरे ।
आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् ।









-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


