सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘विधान स्वीकृत भएर नआउँदै किन चुनाव घोषणा गरियो ?’

आइतबार, १४ पौष २०८१खेलपाटी संवाददाता
‘विधान स्वीकृत भएर नआउँदै किन चुनाव घोषणा गरियो ?’
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्वअध्यक्ष धुव्रबहादुर प्रधानले ओलम्पिक निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएका छन्। खेलपाटीसँग विशेष कुराकानी गर्दै उनले ओलम्पिकको विधान स्वीकृत भएर नआउँदै किन चुनावको घोषणा गरिएको भन्दै प्रश्न उठाएका हुन्।

‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट विधान स्वीकृत भएर नआउँदै चुनावको घोषणा किन गरियो ?,’ प्रधानले भनेका छन्, ‘विधान स्वीकृत भएर आयो कि आएन भन्ने प्रश्न यथावत् छ। विधान परिवर्तनको विषय आइओसीबाट स्वीकृति हुनुपर्छ भन्ने एनओसीको विधानमा स्पष्ट छ।’ 

पूर्व कानुनमन्त्रीसमेत रहेका प्रधानले ओलम्पिक निर्वाचनको विषयमा धेरै प्रश्न गर्ने ठाउँहरू रहेको बताए। ‘आइओसीको निर्देशन छ, निर्वाचनभन्दा पहिला गरिने विधान संशोधनमा प्रश्न छ, त्यसबारे विचार गर्नू भनेको नगर्नु भनेकै हो,’ उनले भने, ‘आइओसीले अहिलेसम्म विधान संशोधनको जवाफ पठाएको छैन।’ 

उच्च अदालत पाटनले विधान संशोधन रोक्न दिएको आदेशको अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले साधारण सभाले संशोधनको निर्णय गरेको थियो । संशोधित विधान जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक कमिटीमा पठाएका थिए । तर विधान स्वीकृत भएर नआउँदै उनले चुनावको घोषणा गरेर प्रकृया अघि बढाएका थिए । त्यसपछि अन्तराष्ट्रिय ओलम्पिक कमिटीले विधान संशोधनको विषयमा जवाफ दिन अस्विकार गर्दै अदालतको मुद्धाको विषयमा जानकारी गराउन निर्देशन दिएको थियो । 

पूर्वअध्यक्ष प्रधानले एनओसीको निर्वाचनमा सहभागी प्रतिनिधि आइओसीबाट पठाएको हो हैन भन्ने विषयको समेत पत्रसहित जवाफ दिनुपर्ने बताए। ‘आइओसीले पत्रसहित निर्वाचनमा प्रतिनिधि पठाउँछ। यदि बिचबाट आएको हो भने विश्वास गर्ने कुरा हुन्न,’ उनले भनेका छन्। 

एनओसी शनिबार राति विज्ञप्ति जारी गर्दै अनलाइन निर्वाचनमा साउथ एसिया ओलम्पिक काउन्सिलका प्रतिनिधि एवंम् फुटबल ओलम्पिक कमिटीका महासचिव सोनाम कर्मा छिरिङ पर्यवेक्षकको रुपमा सहभागी भएको जानकारी दिएको थियो। तर, छिरिङ आइओसी र ओलम्पिक कमिटी अफ एसिया (ओसिए)ले पठाएका प्रतिनिधि हुन या हैनन् भन्ने विषय खुलाइएको छैन। 

प्रधानले जीवनराम श्रेष्ठ महासचिव हुँदा दुई कार्यकालको व्यवस्था गरिएको स्मरण गर्दै पछिल्लो विधान संशोधनले आफूलाई अचम्मित पारेको बताए। ‘सँगै बसेर दुई कार्यकाल बनाइएको हो। उहाँमा त्यो आशक्ति किन पलायो, अचम्मित भएको छु,’ प्रधानले भनेका छन्। 

ओलम्पिक चुनावको सन्दर्भमा सरकारले आइओसीसँग खुल्ला छलफल गर्नुपर्ने उनले धारणा राखे। ‘यदि आइओसीले यो चुनावलाई मान्छ भने ऐन अनुसार सहमति गरेरै अघि बढ्नुपर्छ,’ उनको सुझाव छ। 

हेर्नुस् प्रधानसँगको पूरा अन्तर्वार्ता

Loading ad...
LiNing Ad
#धुव्रबहादुर प्रधान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन