मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने 

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने 

२०२४ डिसेम्बर २९, आइतबारखेलपाटी संवाददाता

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल हुने 

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल आयोजना हुने भएको छ ।

नयाँ वर्षको पहिलो मोटर स्पोर्ट्सको इभेन्टको रुपमा आगामी शनिबार मोटर स्पोर्ट्स फेस्टिभल आयोजना हुने भएको हो ।  

नासा नेपालको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने फेस्टिभलमा अटोक्रस प्रतियोगिता, अटो जिमखाना, कार्टिङ कप, क्वाड बाइक च्यालेन्ज र स्टन्ट शो गरी ५ विधामा प्रतियोगिता हुनेछ ।

नेपालमै पहिलो पटक हुने क्वाड बाइक च्यालेन्जमा क्वाड बाइकको प्रतियोगिता सम्बन्धी नियम र गाइडलाइन समेत सार्वजनिक गरिने छ । स्टन्ट शो अन्तर्गत संघले घोषणा गरेको कार्ययोजना स्टन्ट ब्याटलको घोषणा गरिने र कार्यविधि सार्वजनिक गरिने नासा नेपालले जनाएको छ । त्यसैगरी अटोक्रस नेपालमै मोडिफाई गरिएको क्रसकारको सम्पुर्ण रेसिङ हो, जसमा नासा नेपालका नेसनल लाइसेन्स प्राप्त डाइभरहरुले पहिलो पटक भाग लिने छन् ।
अटो जिमखानाका दुई जना विजेतालाई अन्तर्राष्टिय सहभागिताको अवसर प्रदान गरिने छ । अटो जिमखाना, क्रसकार र काट्र्स गरी तीन खेलका विजेताहरुले क्रमशः २७ हजार, ९ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँकी दुई इभेन्टका विजेताले अवार्ड र प्रमाणपत्र पाउने छन् ।

झन्डै १० वर्ष अगाडि देखि शुरु भएको हिमालयन मोटरल्यान्डमा कार्यक्रम हुनेछ ।

अटो जिमखाना र क्रसकारका सहभागीहरु नेसनल डाइभिङ लाइसेन्स प्राप्त, अटोक्रस तालिम प्राप्त, राष्ट्रिय अन्तर्राष्ट्रिय इभेन्टका सहभागी तथा विजेताहरुनै संलग्न हुनेछन् । सहभागीहरुले ५ मध्य कुनै २ इभेन्टमा प्रतिस्पर्धा गर्न सक्ने छन्, जसको दर्ता शुल्क तीन हजार रुपैयाँ हुनेछ भने प्रति इभेन्टको दुई हजार मात्र हुनेछ ।

अटोक्रसमा १० जना तथा अटो जिमखानामा बढीमा २० जनाले मात्र सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

अटो जिमखानामा मुलतः युवा विद्यार्थीहरुलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो । कार्टिङको तालिम लिएका, कुनै एक इभेन्टमा सहभागी भएका र नासा नेपालको लाइसेन्स होल्डर युवाहरुले सहभागिताको अवसर पाउने छन् । काठमाडौं विश्वविद्यालय, काठमाडौं इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र पुल्चोक इन्जिनियरिङ कलेज लगायतका कलेजहरुले कार्यक्रममा सहभागिता जनाउने छन् । यसमा बढीमा २० जना प्रतियोगी सहभागी हुन सक्नेछन् ।

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभल र नासा नेपालको रजिष्टेसन गर्नका लागि सोही कार्यक्रमको सन्दर्भ पारेर शक्रबार एड्भान्स मार्सल तथा इभेन्ट म्यानेजमेन्ट वर्कशप धुलिखेलमा आयोजना गरिने छ । सो वर्कशपमा क्यालेन्डर अनुसारको इभेन्टको डिजाइन, कम्युनिकेसन र इभेन्ट संचालन विधि तथा प्रयोगात्मक कार्यहरु सिकाइने छ ।

त्यसैगरी सोही दिनमा नै हालसालै अन्तर्राष्ट्रिय मोटरसाक्लिङ फेडरेसन (एफआईम)द्वारा प्राप्त विमेन इन मोटरसाइक्लिङ अवार्डको सेलिब्रेसन कार्यक्रम समेत आयोजना गरिने छ । सो अवसरमा युथ र इमर्जिङ लिडरसिपका लागि मेन्टरिङ कार्यक्रमको समेत घोषणा गरिने छ । एफआईएको सहयोगमा नेपालमा संचालन भइरहेको मोटर स्पोर्ट्स सम्बन्धी सहयोग कार्यक्रम अन्तर्गत प्राप्त विभिन्न इक्विपमेन्ट तथा औजार उपकरणहरुको समेत फेस्टिभल सन्दर्भमा प्रयोग शुभारम्भ गरिने छ ।

एफआईए, एफआईएम, प्रदेश खेलकुद परिषद बागमती तथा विभिन्न कर्पोरेट क्षेत्रको समेत साथ रहने फेस्टिभलमा ६० जना ड्राइभर तथा ४० जना प्राविधिकहरुको सहभागिता रहने छ । यस सम्बन्धी रजिष्ट्रेसन गर्नका लागि माउन्ट एभरेष्ट मोटर स्पोर्ट फेस्टिभल तथा नासा नेपालका सोसल मिडिया र अन्य प्लेटफर्म प्रयोग गर्न सकिन्छ । 

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन