शनिबार, ०७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक

शुक्रबार, १२ पौष २०८१खेलपाटी संवाददाता
जुनियरतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ मा पनि नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्न सकेनन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको राउन्ड अफ ३२ मा नेपालका कबीर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र बर्त प्रभु आनन्दसँग पराजित भए। सिंह र आनन्को जोडीले २१–१४, २१–१५ को जित हात पारेका थिए।

यस्तै पुरुष एकलतर्फ पनि नेपाली खेलाडीहरूको प्रदर्शन बिर्सनलायक भयो। एकल तर्फ नेपाली खेलाडी सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोषसँग २१–८, २१–८ को समान अन्तरमा पराजित भए। यसै गरी सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगीसँग २१–१०, २१–१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडेसँग २१–१६, २१–१७, कबीर के.सी. भारतका दिपांशुसँग २१–१६, २१–१५ ले पराजित भए।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल राउन्ड अफ ३२ मा रक्षा फगामीले पहिलो सेट जितेर केही खुसी बाँड्न खोजेकी थिइन् तर दोस्रो र तेस्रो सेटमा सम्हालिन नसक्दा पराजयको सामना गर्न पुगिन्। रक्षा बंगलादेशकी जरिना इकवाल मोहनासँग १८–२१, २१–१२, २१–७ ले पराजित भइन्। यस्तै, स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरुसँग २१–१२, २१–७, रिहाना शेरचन भारतकी दिया भिमैयासँग २१–८, २१–९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसँग २१–६, २१–१३ पराजित भए।

राउन्ड अफ १६ मा रहेकी दिलाशा राना थाइल्यान्डकी पिमचानोक सुत्तीविरियाकुलसँग २१–१२, २१–६, निभा राई भारतकी इशिता नेगी सँग २१–६, २१–८, टिशा रानी शाक्य थाइल्यान्डकी पिराया वेचावाङ्गसँग २१–९, २१–४ ले पराजित भए।

पुरुष युगलतर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाब्य चाबरा र परम चौधरीको जोडीसँग २१–११, २१–१० र कबीर केसी र सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सी.लालरामसँग र सौरभ साउसँग २१–१०, २१–१९ ले पराजित हुन पुगे।

महिला युगल तर्फ दिलाशा राना र रिहाना शेरचनको जोडी भारतका अक्षिता मनरल र बर्णप्रभु आनन्दसँग २१–१०, २१–१० को समान अन्तरमा पराजित हुन पुगे। यसै गरी रक्षा फगामी र आस्ना श्रेष्ठको जोडी पनि भारतका खेलाडीसँग पराजित भए। भारतका इशिता नेगी र भान्सिका ठाकुरको जोडीसँग २१–६, २१–५ तथा श्रीया बज्राचार्य र निभा राईको जोडी थाइल्यान्डका सुनिशा लेकजुरा तथा अनन्या नापालाई सँग २१–११, २१–५ ले पराजित भए।

तीन दिने सिरिजमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब इमिरेट्सका खेलाडीहरूको सहभागिता छन्।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा ९९ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। जसमा नेपाली ८ महिला र ८ पुरुष खेलाडीको सहभागिता रहेको छ। पुरुष एकलमा ३२ जना, महिला एकलमा २१ जना, मिक्स युगलमा १७ जोडी, पुरुष युगलमा १८ जोडी र महिला युगलमा १२ जोडीले प्रतिस्पर्धा गर्दै छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो