मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक निर्वाचन जटिल मोडमा

आइतबार, ०७ पौष २०८१खेलपाटी संवाददाता
ओलम्पिक निर्वाचन जटिल मोडमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को आसन्न निर्वाचन जटिल अवस्थाबाट गुज्रिरहेको छ ।

निर्वाचन रोक्न सरकारले दिएको आदेश, पर्ख र हेरको अवस्थामा रहेको अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) र जबर्जस्ती चुनाव गर्ने अध्यक्ष जीवनराम श्रेष्ठको हठका कारण ओलम्पिकको निर्वाचन विवाद जटिल मोडमा पुगेको हो । 

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार ओलम्पिकलाई पत्र लेख्दै निर्वाचन रोक्न निर्देशन दिएको छ । अदालतको आदेश र मन्त्रालयको निर्देशन अनुसार राखेपले चुनाव रोक्न ओलम्पिकलाई गत पत्र काटेको छ । राखेपको पत्रसँगै सरकार कुनै पनि हालतमा ओलम्पिकको चुनाव रोक्ने बाटोमा अघि बढेको हो । 

सरकारमात्र हैन अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले समेत निर्वाचनका लागि एनओसीलाई ‘रेड कार्ड’ देखाएको छ । एनओसीको विधान संशोधन प्रस्ताव आईओसीले स्वीकृत गरेको छैन तर संशोधित विधान अनुसार जीवनरामले निर्वाचन प्रकृया अघि बढाएका छन् । आईओसीले पछिल्लो पत्रमा आफु पर्ख र हेरको अवस्थामा रहेको उल्लेख गरेको छ । अहिलेको अवस्थामा कुनैपनि निर्णय लिन नसकिने भन्दै आईओसीले नेपालबाट गएका विभिन्न रिपोर्टहरुको विषयमा कुनैपनि हस्तक्षप नगर्ने बताएको हो । नेपाल ओलम्पिक कमिटिले संशोधित विधान स्वीकृतिका लागि आईओसीमा पठाएको थियो । तर आईओसीले अदालती विषय प्रस्ट नभएसम्म कुनैपनि जवाफ नदिने बतायो । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठले अदालती विषयमा फरक फरक रिपोर्ट पठाएपछि आईओसीले विधान स्वीकृति, अदालती मुद्धा प्रकृया र निर्वाचनको विषयमा तत्काल कुनै जवाफ नदिने बताएको हो । 

विधान अनुसार नेतृत्व छाड्ने बेलामा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका अध्यक्ष जीवनराम श्रेष्ठले अदालती आदेशको अवज्ञा गर्दै साधारण सभामार्फत विधान संशोधन गराएपछि ओलम्पिकभित्र गम्भिर विवाद उत्पन्न भएको छ । संशोधनको निर्णय नगर्न अदालतले दिएको आदेश र राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरित अध्यक्ष जीवनराम सहित २० जनाले विधान संशोधनको निर्णय गराएका थिए । सो निर्णयविरुद्ध अदालतमा अपहेलनाको मुद्धा दायर छ । अपहेलनाको मुद्धामा सुनुवाई हुन बाँकी छ । तर अदालत र सरकारलाई चुनौती दिदै विधान संशोधन स्वीकृतिका लागि आईओसीमा पठाएका जीवनराम श्रेष्ठले आईओसीबाट स्वीकृत बिनै पुस १३ गते चुनावको मिति तोकेका छन् ।

निर्वाचन र नविकरण नभएका संघहरुलाई ओलम्पिकको चुनावी प्रकृयामा सामेल गराएको, खेलकुद ऐन अनुसार चुनाव भएका संघहरुको प्रतिनिधिलाई बाहिर राखिएको र अदालतको आदेश विपरित चुनावी प्रकृया अघि बढाएको आरोप ओलम्पिकमाथि लागेको छ । राखेपले शुक्रबार पुस १३ गतेको चुनाव रोक्न नेपाल ओलम्पिक कमिटिलाई निर्देशन दिएको छ । खेलकुद ऐन अनुसार चुनाव भएका चार वटा राष्ट्रिय संघले आफुहरुलाई मताधिकारबाट बञ्चित गरिएको भन्दै अदालत जाने तयारी गरेका छन् । चुनावबाट भागेका र चुनाव नगराएका संघहरु ओलम्पिक चुनावमा सहभागी बन्दा वैधानिकताको प्रश्न पेचिलो बनेको छ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो