बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालमा पाँच वर्षपछि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बिहिबार, ०४ पौष २०८१खेलपाटी संवाददाता
नेपालमा पाँच वर्षपछि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
Loading ad...
mustang rice ad

काठमाडौं। नेपालमा पाँच वर्षयता पहिलो ब्याडमिन्टन प्रतियोगिताको रुपमा नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ त्रिपुरेश्वरस्थित कभर्ड हलमा अर्को साता हुने भएको छ। त्यसलगत्तै नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ पनि आयोजना हुँदैछ।

नेपाल इन्टरनेसनल च्यालेन्ज पुस ८ देखि ११ गतेसम्म सञ्चालन हुने हुनेछ, जसमा २२ देशका १ सय ७६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलन गर्दै विहीबार जनाएको छ। नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ, जसमा ११ देशका १ सय ४४ खेलाडी सहभागि हुनेछन्। दुवै प्रतियोगितामा घरेलु खेलाडीको संख्या १६–१६ हुनेछन्।

संघले सन् २०१९ मा पनि नेपाल इन्टरनेसनल च्यालेन्ज आयोजना गरेको थियो, जसमा १७ देशका ब्याडमिन्टन खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसयता नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट आयोजना गर्न लागिएको संघका सचिव दीपक थापाले बताए। दुई प्रतियोगिताको लागि करिब १ करोड १६ लाख रुपिया खर्च हुने बताइएको छ।

इन्टरनेसनल च्यालेन्जमा खुला रुपमा जुनसुकै उमेरका खेलाडी सहभािग हुन पाउनेछन् र यसमा गर्ने प्रदर्शनको आधारमा खेलाडीको विश्व ब्याडमिन्टन महासंघ ९बीडब्लुएफ० को वरीयतामा पनि प्रभाव पार्नेछ। जुनियर इन्टरनेसनल सिरिजमा १९ वर्षमुनिका खेलाडी सहभागि हुनेछन्। दुवै प्रतियोगितामा समान ५ स्पर्धासमावेश गरिएको छ, जसमा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स, वुमेन्स डबल्स र मिक्स डबल्स छन्।

इन्टरनेसनल च्यालेन्जको १५ हजार अमेरिकी डलर ९करिब २० लाख ६२ हजार रुपिया० पुरस्कार प्रायोजक योनेक्स सनराइजले उपलब्ध गराउनेछ। प्रत्येक स्पर्धाका विजेताले १ हजार २ सय र उपविजेताले ७ सय २० डलर पाउनेछन्। सेमिफाइनल पुग्नेले ३ सय र अन्तिम आठसम्मको यात्रा गर्नेले १ सय २० डलर हात पार्नेछन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित