• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
जीवनरामको हारगुहार, सदस्यताको 'नयाँ फन्डा' 
खेलपाटी संवाददाता
सोमबार, पुस १, २०८१ खेलपाटी संवाददाता
जीवनरामको हारगुहार, सदस्यताको 'नयाँ फन्डा' 

काठमाडौं । विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्ने विवादास्पद निर्णय गरेका नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालत पुगेका खेलकुद संघहरुलाई सदस्यता दिने नयाँ कार्ड फालेका छन् । 

कुनै पनि हालतमा तेस्रो पटक अध्यक्ष बन्ने दाउमा रहेका जीवनरामले आफैले घोषणा गरेको चुनावको बिचमा संघहरुलाई सदस्यता बाँड्न भन्दै एनओसीको बोर्ड बैठक बोलाएका छन् । बैठकमा नयाँ सदस्यता सम्बन्धि एजेण्डालाई उनले समावेश गरेका छन् । 

ओलम्पिक स्रोतका अनुसार अदालत पुगेका संघहरुलाई एसोसियट प्रकारको सदस्यता दिने जीवनरामको तयारी छ । अदालतको आदेश अवज्ञा गर्दै नयाँ संघलाई सदस्यता दिने प्रावधानलाई विधान संशोधनमार्फत जटिल बनाएका जीवनरामले सदस्यताको नयाँ कार्ड फालेका छन् । 

जीवनरामको विधान संशोधनको प्रयासलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीले समेत प्रश्न गर्दै अदालतको मुद्धाको विषयमा प्रस्ट पार्न गत आईतबार निर्देशन दिएको थियो । अदालतको विषय स्पष्ट नभएसम्म विधान संशोधन सहित अन्य कुनै विषयको जवाफ नदिने आईओसीको भनाई थियो । 

आईओसीलेनै अदालतको विषयमा प्रस्ट पार्न भनेपछि जीवनरामले अदालत पुगेका नेपाल रग्वी संघ सहितका चार खेलकुद संघलाई खुसी पार्न एसोसियट मेम्बरसिपको नयाँ ‘मसला’ बाहिर ल्याएका हुन् । 

नेपाल रग्वी सहित चार संघले आफुहरुलाई ओलम्पिकले सदस्यता नदिएको भन्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । अदालतमा संघहरुको मुद्धासँगै ओलम्पिकले नयाँ सदस्यता प्रकृयालाई अझ जटिल बनाउने गरी विधान संशोधनको तयारी गरेको थियो । सो रोक्न माग गर्दै नेपाल रग्वी संघ सहित चार संघले अदालतमा पुन रिट हालेका थिए । रिटमाथि अदालतले सुनुवाई गर्दै विधान संशोधन कार्य रोक्न नेपाल ओलम्पिक कमिटिलाई आदेश दिएको थियो । अदालतको आदेशको अवज्ञा गर्दै जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधनको निर्णय गराएका थिए । जीवनरामको सो कदमका विरुद्ध अदालतमा अवहेलनाको मुद्धा दायर भएको छ । अदालतले अवहेलनाको मुद्धामा नेपाल ओलम्पिक कमिटिलाई कारण देखाउ आदेश जारी गरेको छ । अवहेलनाको मुद्धामा अदालतको अन्तिम आदेश आउन बाँकी छ । 
कार्यसमितिकै पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्को आग्रहलाई वेवास्ता गर्दै अदालतको आदेशविरुद्ध जीवनराम सहितका २० जनाले संशोधनको निर्णयमा हस्ताक्षर गरेका थिए ।

अदालतलाई अटेर गर्दै विधान संशोधन गराएका जीवनरामले सो प्रस्ताव अन्तराष्ट्रिय ओलम्पिक कमिटिमा स्वीकृतिका लागि पठाएका थिए र नयाँ निर्वाचनको मिति पुस १३ गते तोकेका थिए । तर अन्तराष्ट्रिय ओलम्पिक कमिटिले अदालतको विषयमा चासो राख्दै विधान संशोधनको विषयलाई अस्विकार गरेपछि जीवनरामले नयाँ सदस्यताको फन्डा बाहिर ल्याएका छन् ।

नेपाल रग्वी संघका अध्यक्ष दिपक देवकोटालाई संघहरुलाई अलमल गराउन एसोसियटको प्रस्ताव बाहिर आएको हुन सक्ने खेलपाटीलाई बताए । ‘मैले पनि अप्रत्यक्ष रुपमा सुनेको छु । तर हाम्रो माग पूर्ण सदस्यताका लागि हो ।’ उनले भने, नेतृत्वमा बस्न उहाँले (जीवनराम)ले जतिनै तिकडम गरेपनि गुम्ने उहाँकै मात्र हो ।’ 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP