काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै क्यालिकट च्याम्पियन बनेको हो।