काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भारतको क्यालिकट हिरोजसँग भिड्ने भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडिसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले हिरोजसँगको भेट पक्का गरेको हो। हेल्प नेपालले खेल २५–१६, २८–१८, २५–२१ ले आफ्नो पक्षमा पार्यो।
लिगचरणमा हेल्प नेपाल दोस्रो र एचडिसी चौथो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए। यता, इरानको यु–१८ टोलीलाई ३–१ को सेटमा पराजित गर्दै हिरोज उपाधिनजिक पुगेको हो।