• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिकको चुनावमा नयाँ अनुहारको प्रवेश
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २८, २०८१ खेलपाटी संवाददाता
ओलम्पिकको चुनावमा नयाँ अनुहारको प्रवेश

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को आसन्न निर्वाचनमा खेलकुद संघबाट नयाँ अनुहारको प्रवेश भएको छ । अन्यौलमा रहेको एनओसीको आसन्न निर्वाचनका लागि ओलम्पिकमा आबद्ध खेलकुद संघले नयाँ अनुहारलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।

निकै चासोका साथ हेरिएको ओलम्पिकको आसन्न निर्वाचनका लागि नेपाल कबड्डी संघबाट महासचिव अरबिन्दकुमार झा, नेपाल हक्की संघबाट अध्यक्ष अनिल शर्मा र नेपाल उसु संघबाट लाक्पा छिरिङ लामा प्रतिनिधि छनोट भएका छन् ।

तीन वटै खेलकुद संघमा नेतृत्व परिवर्तनको प्रभाव ओलम्पिक प्रतिनिधिको रुपमा परेको छ । नेपाल कबड्डी संघमा अरबिन्द कुमार झाको अध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेको थियो । अध्यक्षमा तुलसा थापालाई राखेर अबिन्दले कबड्डीको पुरै कार्यसमितिमा आफ्नो प्यानल जिताएका थिए । नेपाल कबड्डी संघको सचिवालय बैठकले आसन्न ओलम्पिक चुनावमा अरबिन्दलाई संघको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हो । संघकी अध्यक्ष तुलसा थापाले हस्ताक्षर गरेर महासचिव अरबिन्दलाई ओलम्पिकको आधिकारिक प्रतिनिधिको रुपमा अघि सारेकी छिन् । 

तुलसा ओलम्पिकको वर्तमान कार्यसमितिमा सचिव पदमा छिन् । तर कमजोर स्वास्थ्य अवस्था र वामदेव गौतमको ओरालो राजनीतिक यात्राका लागि उनलाई कसैले मान्ने अवस्था छैन । कबड्डी संघको सिंगो कार्यसमितिमा एक्लो अवस्थामा रहेकी उनी कुनैपनि समय महाअभियोग प्रस्ताव आउने डरमा छिन् ।

नेपाल हक्की संघबाट अनिल शर्मा प्रतिनिधि बनेका छन् । नेपाल ओलम्पिक कमिटिको अघिल्लो चुनावमा नेतृत्वमा टक्कर दिएका उमेशलाल प्रधानको बहिर्गमनसँगै हक्की संघमा शर्मा आएका छन् । नेतृत्व परिवर्तनसँगै हक्की संघले अध्यक्षलाई ओलम्पिक प्रतिनिधिको रुपमा अघि सारेको हो ।

नेपाल उसु संघबाट भने लाक्पा छिरिङ लामा प्रतिनिधि बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्को निर्वाचन प्रक्रियाबाट आएको जनक बर्तौला नेतृत्वको कार्यसमितिले अन्तराष्ट्रिय मान्यता पाएको छैन । पुरानै कार्यसमितिको नेतृत्व गरिरहेका लाक्पा ओलम्पिक प्रतिनिधिको रुपमा आसन्न चुनावका लागि नेपाल ओलम्पिक कमिटिमा पत्र दर्ता गराएका छन् । 

अघिल्लो ओलम्पिक चुनावमा सदस्य सचिव केशवकुमार विष्ट उसुबाट प्रतिनिधि बनेर गएका थिए । तर ओलम्पिकभित्रको सिन्डिकेटका कारण प्यानल विजयी बन्दा समेत विष्टले पार पाउन सकेनन् । त्यही नियति नेपाल रेस्लिङ संघका तत्कालिन अध्यक्ष समिन मिया अन्सारीले भोग्नु परेको थियो । 

संघहरुबाट आसन्न ओलम्पिक चुनावका लागि प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ । नेपाल आर्चरी संघबाट रमेश सिवाकोटी प्रतिनिधि बन्दा तदर्थ रुपमा सञ्चालित नेपाल साईक्लिङ संघबाट गोपाल सुन्दरलाल कक्षपती ओलम्पिक प्रतिनिधिको रुपमा आएका छन् । 

नेपाल ओलम्पिक कमिटिले विवादास्पद रुपमा विधान संशोधन गर्दै पुस १३ गते निर्वाचित साधारण सभाको आह्वान गरेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनलाई स्वीकृति नदिएको अवस्थामै एनओसीले निर्वाचन आह्वान गरेको हो । अध्यक्ष जीवनराम श्रेष्ठले निर्वाचन गराउन आईओसीबाट संशोधिन विधान स्वीकृत गर्न नपर्ने भन्दै निर्वाचनको मिति तोकेका छन् । तर आईओसीले अदालतको विषयमा प्रस्ट पार्न अनुरोध गर्दै विधान संशोधनको विषयलाई रोकेको छ । 

जित्ने अवस्थामा आईओसी देखाएर चुनाव गराउने र पराजित हुने अवस्थामा आईओसी देखाएर निर्वाचन रोक्ने पुरानै रणनीतिमा जीवनराम देखिन्छन् । तर आईओसीको पछिल्लो पत्रले जबर्जस्ती विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष लड्ने जीवनरामको कोशिशमा धक्का लागेको छ ।
अदालतको आदेश अवज्ञा गर्दै एनओसीको साधारण सभाले विधान संशोधनको निर्णय गरेको थियो । अदालतले अपहेलनाको मुद्धामा एनओसीसँग जवाफ माग गरेको छ । अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषद्का् निर्देशन विपरित जबर्जस्ती विधान संशोधन गर्ने एनओसीविरुद्ध अपहेलनाको मुद्धा प्रमाणित हुने सम्भावना पनि उत्तिकै छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP