बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

ओलम्पिकको चुनावमा नयाँ अनुहारको प्रवेश

शुक्रबार, २८ मंसिर २०८१खेलपाटी संवाददाता
ओलम्पिकको चुनावमा नयाँ अनुहारको प्रवेश
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)को आसन्न निर्वाचनमा खेलकुद संघबाट नयाँ अनुहारको प्रवेश भएको छ । अन्यौलमा रहेको एनओसीको आसन्न निर्वाचनका लागि ओलम्पिकमा आबद्ध खेलकुद संघले नयाँ अनुहारलाई प्रतिनिधिको रुपमा पठाएका छन् ।

निकै चासोका साथ हेरिएको ओलम्पिकको आसन्न निर्वाचनका लागि नेपाल कबड्डी संघबाट महासचिव अरबिन्दकुमार झा, नेपाल हक्की संघबाट अध्यक्ष अनिल शर्मा र नेपाल उसु संघबाट लाक्पा छिरिङ लामा प्रतिनिधि छनोट भएका छन् ।

तीन वटै खेलकुद संघमा नेतृत्व परिवर्तनको प्रभाव ओलम्पिक प्रतिनिधिको रुपमा परेको छ । नेपाल कबड्डी संघमा अरबिन्द कुमार झाको अध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेको थियो । अध्यक्षमा तुलसा थापालाई राखेर अबिन्दले कबड्डीको पुरै कार्यसमितिमा आफ्नो प्यानल जिताएका थिए । नेपाल कबड्डी संघको सचिवालय बैठकले आसन्न ओलम्पिक चुनावमा अरबिन्दलाई संघको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हो । संघकी अध्यक्ष तुलसा थापाले हस्ताक्षर गरेर महासचिव अरबिन्दलाई ओलम्पिकको आधिकारिक प्रतिनिधिको रुपमा अघि सारेकी छिन् । 

तुलसा ओलम्पिकको वर्तमान कार्यसमितिमा सचिव पदमा छिन् । तर कमजोर स्वास्थ्य अवस्था र वामदेव गौतमको ओरालो राजनीतिक यात्राका लागि उनलाई कसैले मान्ने अवस्था छैन । कबड्डी संघको सिंगो कार्यसमितिमा एक्लो अवस्थामा रहेकी उनी कुनैपनि समय महाअभियोग प्रस्ताव आउने डरमा छिन् ।

नेपाल हक्की संघबाट अनिल शर्मा प्रतिनिधि बनेका छन् । नेपाल ओलम्पिक कमिटिको अघिल्लो चुनावमा नेतृत्वमा टक्कर दिएका उमेशलाल प्रधानको बहिर्गमनसँगै हक्की संघमा शर्मा आएका छन् । नेतृत्व परिवर्तनसँगै हक्की संघले अध्यक्षलाई ओलम्पिक प्रतिनिधिको रुपमा अघि सारेको हो ।

नेपाल उसु संघबाट भने लाक्पा छिरिङ लामा प्रतिनिधि बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्को निर्वाचन प्रक्रियाबाट आएको जनक बर्तौला नेतृत्वको कार्यसमितिले अन्तराष्ट्रिय मान्यता पाएको छैन । पुरानै कार्यसमितिको नेतृत्व गरिरहेका लाक्पा ओलम्पिक प्रतिनिधिको रुपमा आसन्न चुनावका लागि नेपाल ओलम्पिक कमिटिमा पत्र दर्ता गराएका छन् । 

अघिल्लो ओलम्पिक चुनावमा सदस्य सचिव केशवकुमार विष्ट उसुबाट प्रतिनिधि बनेर गएका थिए । तर ओलम्पिकभित्रको सिन्डिकेटका कारण प्यानल विजयी बन्दा समेत विष्टले पार पाउन सकेनन् । त्यही नियति नेपाल रेस्लिङ संघका तत्कालिन अध्यक्ष समिन मिया अन्सारीले भोग्नु परेको थियो । 

संघहरुबाट आसन्न ओलम्पिक चुनावका लागि प्रतिनिधिहरु आउने क्रम सुरु भएको छ । नेपाल आर्चरी संघबाट रमेश सिवाकोटी प्रतिनिधि बन्दा तदर्थ रुपमा सञ्चालित नेपाल साईक्लिङ संघबाट गोपाल सुन्दरलाल कक्षपती ओलम्पिक प्रतिनिधिको रुपमा आएका छन् । 

नेपाल ओलम्पिक कमिटिले विवादास्पद रुपमा विधान संशोधन गर्दै पुस १३ गते निर्वाचित साधारण सभाको आह्वान गरेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनलाई स्वीकृति नदिएको अवस्थामै एनओसीले निर्वाचन आह्वान गरेको हो । अध्यक्ष जीवनराम श्रेष्ठले निर्वाचन गराउन आईओसीबाट संशोधिन विधान स्वीकृत गर्न नपर्ने भन्दै निर्वाचनको मिति तोकेका छन् । तर आईओसीले अदालतको विषयमा प्रस्ट पार्न अनुरोध गर्दै विधान संशोधनको विषयलाई रोकेको छ । 

जित्ने अवस्थामा आईओसी देखाएर चुनाव गराउने र पराजित हुने अवस्थामा आईओसी देखाएर निर्वाचन रोक्ने पुरानै रणनीतिमा जीवनराम देखिन्छन् । तर आईओसीको पछिल्लो पत्रले जबर्जस्ती विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष लड्ने जीवनरामको कोशिशमा धक्का लागेको छ ।
अदालतको आदेश अवज्ञा गर्दै एनओसीको साधारण सभाले विधान संशोधनको निर्णय गरेको थियो । अदालतले अपहेलनाको मुद्धामा एनओसीसँग जवाफ माग गरेको छ । अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषद्का् निर्देशन विपरित जबर्जस्ती विधान संशोधन गर्ने एनओसीविरुद्ध अपहेलनाको मुद्धा प्रमाणित हुने सम्भावना पनि उत्तिकै छ । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक