• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
जीवनरामले ‘हडपे’ एनओसीको मेलको पासवर्ड !
खेलपाटी संवाददाता
बुधबार, मंसिर २६, २०८१ खेलपाटी संवाददाता
जीवनरामले ‘हडपे’ एनओसीको मेलको पासवर्ड !

काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) सँग पत्राचार हुने आधिकारिक मेलको पासवर्ड हडपेका छन्। 

एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले चलाउँदै आएको आधिकारिक मेलको पासवर्ड अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रूपमा हडपेका हुन्। अध्यक्ष श्रेष्ठले मेलको पासवर्ड परिवर्तन गरेर श्रेष्ठलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग सम्पर्क गर्ने आधिकारिक मेलको पहुँचबाट बाहिर राखेका छन्।

‘महासचिवले नै संस्थाको प्रशासनिक र व्यवस्थापकीय काम गर्ने हो,’ श्रेष्ठले भने, ‘अध्यक्षले मेलको पासवर्ड परिवर्तन गर्नुभएछ, मलाई कुनै जानकारी दिनुभएको छ। महासचिवले गर्ने पत्राचारको विषय पनि बाहिर रेस्टुरेन्टमा बसेर आफैंले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग पत्राचार गर्नुभएछ।’ 

उनले थपे, ‘अध्यक्षले बदमासीको चरम सीमा पार गर्नुभएको छ। उहाँले महासचिवको भूमिका र अधिकारलाई नजरअन्दाज गर्नुभएको छ। ओलम्पिकको महासचिवको हैसियत के हो भन्ने कुरा उहाँले अब बुझ्नुहुनेछ।’ 

संस्थाको हितका लागि आफूले अध्यक्षको कार्यशैलीलाई नजरअन्दाज गरे पनि आफूले अब नसहने महासचिव श्रेष्ठले बताए। ‘अन्तर्राष्ट्रिय कमिटीलाई गलत रिपोर्टिङ गर्ने र अरूले देख्लान् भनेर डिलिट गर्ने अध्यक्षको बानी छ। अब सबै कर्तुत बाहिर आउँछ,’ उनले भने।

ओलम्पिकको विधान अनुसार दुई कार्यकाल पूरा गरेका जीवनराम श्रेष्ठले विधान नै संशोधन गरेर आजीवन अध्यक्ष बन्न खोजेपछि ओलम्पिकभित्र विवाद सुरु भएको छ। जीवनरामको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै महासचिव श्रेष्ठले अध्यक्षको साथ छोड्दै नेतृत्वमा चुनौती दिने घोषणा गरेका थिए। 

महासचिव श्रेष्ठले नेतृत्वमा उम्मेदवारी घोषणा गरेपछि जीवनरामले आधिकारिक मेलसहित अन्तर्राष्ट्रिय सम्पर्कबाट बाहिर राख्न सुरु गरेका छन्। 
अदालतको आदेशको अवज्ञा गर्दै जीवनराम श्रेष्ठले साधारण सभाबाट मंसिर १८ गते विधान संशोधन गर्ने निर्णय गराएका थिए। सो निर्णयको कागजात  आइओसीलाई पठाउने सन्दर्भमा मेलको पासवर्ड परिवर्तन गरेपछि अध्यक्ष जीवनरामले अन्तर्राष्ट्रिय रूपमा आफूले मात्र आधिकारिक रूपमा सम्पर्क गर्न थालेका छन्। आइओसीले संशोधित विधान पारित नगरेको अवस्थामै जीवनरामले एनओसीको निर्वाचनको मिति घोषणा गरेका छन्। 

आइओसीले सोमबार मात्र पत्र लेख्दै अदालतको मुद्दाको विषयमा स्पष्ट पार्न अध्यक्ष जीवनराम र महासचिव श्रेष्ठलाई भनेको छ। अदालतको विषय स्पष्ट नभएसम्म जीवनरामले मंसिर १८ र १९ गते पठाएको प्रस्तावमा कुनै जवाफ नदिने आइओसीले उल्लेख गरेको छ। 

आइओसीले अदालतको विषयमा स्पष्ट हुन खोजेपछि विधान संशोधन गरेर तेस्रोपल्ट अध्यक्ष हुने जीवनरामको महत्त्वाकांक्षामा ठेस लागेको छ। आइओसीको नाममा जीवनरामले अदालत, सरकार र नेपालको ऐन, कानुनको उल्लंघन गर्दै ओलम्पिकलाई आफ्नो व्यक्तिगत स्वार्थ अनुकूल प्रयोग गर्दै आएका छन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP