गण्डकी र इरानको चादौर क्लब भिड्दै

काठमाडौं। गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा सोमबार आफ्नो तेस्रो खेल खेल्दै छ। पहिलो जितको खोजीमा रहेको गण्डकीले इरानको चादौर क्लबसँग खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल बेलुका ५ बजे हुनेछ। गण्डकीले पहिलो खेलमा माल्दिभ्सको एचडिसी क्लबसँग ३–२ को हार बेहोरेको थियो।
आइतबार भएको दोस्रो खेलमा हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा पाखा लगायो। इरानी टोलीले भने माल्दिभ्सको क्लब एचडिसीमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सफल भएको थियो।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन्। सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ। लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन्।
दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन्। फाइनल खेल मंसिर २९ गते हुनेछ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

