दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी पराजित
शनिबार, २२ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौ। सुरुआती दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी प्रदेशले शनिबार हारबाट काभा पुरुष क्बल भलिबल च्याम्पियन सुरु गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा माल्दिभ्सको एचडिसी क्लबसँग ३–२ को सेटमा पराजित भएको हो।
पहिलो र दोस्रो सेट गण्डकीले २५–१८ र २५–२३ ले जितेको थियो। तर, त्सपछिका तीन सेटमा एचडिसीलाई कडा टक्कर दिए पनि गण्डकीले खेलमा पुनरागमन गर्न सकेन। तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २८–२० र १३–१५ ले सुम्पिन पुग्यो।










-1765627825694.jpeg&w=3840&q=75)




