अफगानिस्तानले नेपाललाई दियो १२४ रनको सामान्य लक्ष्य
मंगलबार, १८ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। युनिस सिंहको उत्कृष्ट बलिङसँगै नेपालले एसिसी यु–१९ एसिया कपअन्तर्गत अन्तिम खेलमा १२४ रनको लक्ष्य पाएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ३५. ४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो। अफगानिस्तानका फैसल खानबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
६७ बल खेलेका उनले चार चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए। नेपालका युनिस र सन्तोष यादवले समान तीन विकेट लिए। कप्तान हेमन्त धामी र अविशेक तिवारीले पनि दुई/दुई विकेट आफ्नो नाममा लेखाए।





-1776324756993.png&w=3840&q=75)





-1776311430548.webp&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)

