सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै विराटनगर
मंगलबार, मंसिर १८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका हुन्।
यो सुदूरपश्चिमका लागि एनपिएलमा डेब्यू खेल हो। टोली विजयी सुरुआत गर्ने लक्ष्यमा छ। उता, विराटनगरले आफ्नो दोस्रो खेल खेल्दैछ र पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ।
विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार बेहोरेको थियो।
















