मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

संकटाको छलाङ

सोमबार, १७ मंसिर २०८१खेलपाटी संवाददाता
संकटाको छलाङ
Loading ad...
mustang rice ad

काठमाडौं। सविनकुमार लुङ्गेली मगरको दुई गोलप्रेरित संकटा फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाले चर्च बोइज युनाइटेडलाई ३–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा चार खेलमा लम्ब्याएको हो ।

संकटाले पछिल्लो पटक विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) सँग २–० को हार बेहोरेको थियो । त्यसपछि टोलीले मच्छिन्द्र फुटबल क्लबलाई ४–२, मनाङ मर्स्याङ्दी क्लबलाई ४–१ र पुलिस क्लबलाई २–० ले पराजित गर्दै आफ्नो प्रदर्शन सुधार गरेको हो ।

यो जितसँगै संकटा १४ खेलबाट २७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको न्युरोड टिम (एनआरटी) भन्दा एक अंकले मात्र पछि छ । अर्कोतर्फ, सातौं हार बेहोरेको चर्च बोइज १५ अंकसहित नवौं स्थानमा छ ।

खेलको सुरुआतमा संकटाका कृष्णबहादुर आलेले दोस्रो मिनेटमै कर्नर बललाई हेडरमार्फत जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २५औं मिनेटमा सविनले एकराज विश्वकर्माको लामो पासमा उत्कृष्ट गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा ५२औं मिनेटमा मनिष थापाको आउट स्विङ फ्रिकक बलमा सविनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको जित सुनिश्चित गरे । चर्च बोइजका निमा पाख्रिन लामाले ६७औं मिनेटमा गोल गरे पनि टोलीको हार टार्न सकेन ।

इन्ज्युरी समयमा संकटकाका प्रज्ज्वलप्रताप क्षेत्रीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडे पनि त्यसले संकटाको जितमा कुनै असर पार्न सकेन । अर्को खेलमा सातदोबाटो युथ क्लबले मच्छिन्द्रसँग १–१ को बराबरी खेलेको छ । खेलको सुरुआतमा सातदोबाटोका तेन्जिङ तामाङले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन १५ मिनेट बाँकी रहँदा मच्छिन्द्रका प्रसून तामाङले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट बचाए ।

यो बराबरीसँगै सातदोबाटो १४ खेलबाट पाँच अंक जोड्दै १२औं स्थानमा छ भने मच्छिन्द्र २३ अंकसहित तालिकाको पाँचौं स्थानमा यथावत छ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा