• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जनकपुरलाई कीर्तिमानी लक्ष्य
खेलपाटी संवाददाता
सोमबार, मंसिर १७, २०८१ खेलपाटी संवाददाता
जनकपुरलाई कीर्तिमानी लक्ष्य

काठमाडौं। तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीबीच अर्धशतकीय साझेदारी हुँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ड्सलाई १४२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, सुरुमा उनको सो निर्णय कर्णालीलाई महँगो सावित भयो। 

चर्को शुल्क तिरेर ल्याएको भारतीय पूर्वब्याटर शिखर धवन चल्न सकेनन्। ओपनर देव खनाल एक रनमै पभिलियन फर्किए। लगालग विकेट गुमाइरहेको अवस्थामा अर्जुन र सोमपालले अर्धशतकीय साझेदारी गरेपछि कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको हो।  

यो नै एनपिएलमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो स्कोर हो। यसअघि विराटनगर किङ्सले उद्घाटन खेलमा जनकपुरविरुद्ध १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। 

२२ बल खेलेका अर्जुन दुई चौका र दुई छक्कासित ३३ रन बनाएर आउट भए। सोमपाल १३ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाएर अविजित रहे। उनीहरूबीच सातौं विकेटका लागि ५६ रनको विशाल साझेदारी भएको थियो। अर्जुनले १९औं ओभरमा हर्ष ठाकरलाई दुई छक्का र दुई चौका प्रहार गरेका थिए। उक्त ओभरमा उनले ६ बलमै २२ रन जोडे। अर्को ओभरमा सोमपालले जिम्मी निसमको सुरुआती तीन बलमा १४ रन प्रहार गरेपछि कर्णाली मजबुत बनेको थियो। अर्जुन रन आउट भए।

कर्णालीले पावर प्लेमै खराब सुरुआत गरेको थियो। देवलाई ललितनारायण राजवंशीले दुई रनमै बोल्ड गरे। उनी आउट भएसँगै कर्णालीलाई महँगो परेको धवनबाट ठूलो इनिङ्सको आश थियो। तर, नेपाल आउनुभन्दा अगाडि नै चर्चाको शिखरमा रहेका धवन पनि चल्न सकेनन्। १४ बल खेलेका उनी तीन चौकासहित १४ रन खर्चिँदै क्यानेडाली बलर हर्ष ठाकरको बलमा बोल्ड भए। 

पावर प्लेमै दुई ओपनर गुमाएपछि कर्णाली दबाबमा परेको थियो। इनिङ्स सम्हाल्दै दरिलो ब्याटिङ गर्नुपर्ने बेला चाड्विक वाल्टन, बाबर र जिशन मक्सूदले पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन्। जमैकन ब्याटर वाल्टन आठ रनमा मोहम्मद मोहिसिनबाट बोल्ड भए। हङकङका ब्याटर हायातलाई मोहिसिनले नै जिम्मी निसमबाट क्याच आउट गराए। निसम आइतबार मात्रै नेपाल आइपुगेका थिए। 

लगातार विकेट गुमिरहेको अवस्थामा गुल्शनकुमार झाले कर्णालीको इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे। स्लो पिचमा २७ बलको सामना गरेका उनले एक चौका र तीन छक्कासहित ३६ रन बनाए। उनी किशोर महतोबाट बोल्ड भए। गुल्शनको स्कोर नै यो इनिङ्सको उच्च रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP