• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ओलम्पिक चुनाव – जीवनरामलाई छैन सजिलो 
खेलपाटी संवाददाता
शनिबार, मंसिर १५, २०८१ खेलपाटी संवाददाता
ओलम्पिक चुनाव – जीवनरामलाई छैन सजिलो 

काठमाडौं । दुई तिहाईको तत्कालिन नेकपा र शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर दोस्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटिको चुनाव जितेका जीवनराम श्रेष्ठ विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि नेतृत्वमा आउने दाउमा छन् । बदलिएको राजनीतिक पृष्ठभुमीमा कमजोर पार्टीको छत्रछायाँ र संसदीय राजनीतिको ओरालो यात्राका कारण उनी तेस्रो पटक ओलम्पिकको नेतृत्वमा आउने सम्भावना सजिलो भने देखिदैन । 

सर्वसम्मत विधान संशोधन गरेर निर्विरोध नेतृत्वमा आउने सपना देखेका उनले ओलम्पिक कमिटिभित्र चर्को विरोधको सामना गर्नु पर्यो । कार्यसमिति बैठकबाट सर्वसम्मत विधान संशोधन गर्ने जीवनरामको कोशिश असफल मात्र भएन, उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र सदस्य दीर्घबहादुर केसीले संशोधनविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर गम्भिर असन्तुष्टि ब्यक्त गरेका छन् । 

जीवनरामले एनओसीमा रहेको अध्यक्ष र महासचिवको दुई कार्यकालको व्यवस्था मात्र हटाउन खोजेका छैनन्, आफैले निर्माण गरेको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ सँग बाँझिने बुदाँ संशोधनमा राखेर सरकार र ओलम्पिक कमिटिबीच दुरी समेत बढाउन खोजेका छन्, विधान संशोधन भएको खण्डमा भविष्यमा गएर नेपाली खेलकुद र स्वयम उनकै लागि यो काम प्रतित्पादक हुने देखिन्छ । 

सर्वसम्मत विधान संशोधन गरेर नेतृत्वमा तेहरिने उनको आकांक्षामा ओलम्पिकभित्र विरोध भएपछि उनले बहुमतका आधारमा विधान संशोधन गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीमा पठाएका थिए । विधान संशोधनको प्रकृयामा आईओसीले असन्तुष्टि जनाउँदै साधारण सभाबाट पारित गरेर ल्याउन सुझाव दिएको थियो । 

तेस्रो पटक ओलम्पिकको नेतृत्वमा आउन खोजेका जीवनरामलाई अब दुई तिहाई मत सहित विधान गर्नुपर्ने चुनौती पहिलो चरणमा रहेको छ । जसका लागि उनीलाई ओलम्पिकभित्र २७ मध्य दुई तिहाई अर्थात १८ मत आवश्यक छ । उनको १९ जनाको कार्यसमितिमा दुई जनाले नोट अफ डिसेन्ट लेखेका कारण उनलाई दुई तिहाई मत पुर्याउन गाह्रो देखिन्छ । उनकै कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनको विरुद्धमा उत्रने घोषणा गरिसकेका छन् । जसमा जीवनरामविरुद्ध ओलम्पिकभित्र लड्दै आएका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठको प्रतिपक्ष टिम कुनैपनि हालतमा विधान संशोधन गर्न नदिन आन्तरिक गृहकार्यमा देखिन्छ ।

विधान संशोधन गरेर मात्र जीवनराम नेतृत्वमा आउने टुङ्गो लाग्ने छैन, त्यसका लागि उनले आसन्न निर्वाचनमा बहुमत ल्याउनुपर्ने हुन्छ । संघहरुमा फेरिएको नेतृत्व र जीवनरामविरुद्ध बाँकी समूहको मोर्चाबन्दीले उनलाई पुन ओलम्पिक चुनाव जित्न सजिलो हुने छैन । 

विधान संशोधनको विषयले जीवनराम अर्थात ओलम्पिक र सरकारको दुरी बढ्दै गएको छ । ऐनसँग बाँझिने एनओसीको विधानलाई लिएर सरकारले नेपाल ओलम्पिकमाथि हस्तक्षप गर्ने खतरा समेत उत्तिकै छ । नेपालको राष्ट्रिय खेलकुद विकास ऐन विपरित हुन लागेको एनओसीको विधान संशोधनविरुद्ध विभिन्न समुह अदालत जाने तयारी गरेका छन् । अदालत र सरकार, ओलम्पिकको विधान संशोधनको मुद्धामा जोडिन आईपुग्दा नेपालको ओलम्पिक प्रतिबन्धमा जाने खतरा समेत उत्तिकै छ, जुन अवस्थाको पुरा दोषी उनै जीवनराम हुनेछन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP