शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

ओलम्पिक चुनाव – जीवनरामलाई छैन सजिलो 

शनिबार, १५ मंसिर २०८१खेलपाटी संवाददाता
ओलम्पिक चुनाव – जीवनरामलाई छैन सजिलो 
mustang rice ad

काठमाडौं । दुई तिहाईको तत्कालिन नेकपा र शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएर दोस्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटिको चुनाव जितेका जीवनराम श्रेष्ठ विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि नेतृत्वमा आउने दाउमा छन् । बदलिएको राजनीतिक पृष्ठभुमीमा कमजोर पार्टीको छत्रछायाँ र संसदीय राजनीतिको ओरालो यात्राका कारण उनी तेस्रो पटक ओलम्पिकको नेतृत्वमा आउने सम्भावना सजिलो भने देखिदैन । 

सर्वसम्मत विधान संशोधन गरेर निर्विरोध नेतृत्वमा आउने सपना देखेका उनले ओलम्पिक कमिटिभित्र चर्को विरोधको सामना गर्नु पर्यो । कार्यसमिति बैठकबाट सर्वसम्मत विधान संशोधन गर्ने जीवनरामको कोशिश असफल मात्र भएन, उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ र सदस्य दीर्घबहादुर केसीले संशोधनविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर गम्भिर असन्तुष्टि ब्यक्त गरेका छन् । 

जीवनरामले एनओसीमा रहेको अध्यक्ष र महासचिवको दुई कार्यकालको व्यवस्था मात्र हटाउन खोजेका छैनन्, आफैले निर्माण गरेको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ सँग बाँझिने बुदाँ संशोधनमा राखेर सरकार र ओलम्पिक कमिटिबीच दुरी समेत बढाउन खोजेका छन्, विधान संशोधन भएको खण्डमा भविष्यमा गएर नेपाली खेलकुद र स्वयम उनकै लागि यो काम प्रतित्पादक हुने देखिन्छ । 

सर्वसम्मत विधान संशोधन गरेर नेतृत्वमा तेहरिने उनको आकांक्षामा ओलम्पिकभित्र विरोध भएपछि उनले बहुमतका आधारमा विधान संशोधन गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीमा पठाएका थिए । विधान संशोधनको प्रकृयामा आईओसीले असन्तुष्टि जनाउँदै साधारण सभाबाट पारित गरेर ल्याउन सुझाव दिएको थियो । 

तेस्रो पटक ओलम्पिकको नेतृत्वमा आउन खोजेका जीवनरामलाई अब दुई तिहाई मत सहित विधान गर्नुपर्ने चुनौती पहिलो चरणमा रहेको छ । जसका लागि उनीलाई ओलम्पिकभित्र २७ मध्य दुई तिहाई अर्थात १८ मत आवश्यक छ । उनको १९ जनाको कार्यसमितिमा दुई जनाले नोट अफ डिसेन्ट लेखेका कारण उनलाई दुई तिहाई मत पुर्याउन गाह्रो देखिन्छ । उनकै कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनको विरुद्धमा उत्रने घोषणा गरिसकेका छन् । जसमा जीवनरामविरुद्ध ओलम्पिकभित्र लड्दै आएका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठको प्रतिपक्ष टिम कुनैपनि हालतमा विधान संशोधन गर्न नदिन आन्तरिक गृहकार्यमा देखिन्छ ।

विधान संशोधन गरेर मात्र जीवनराम नेतृत्वमा आउने टुङ्गो लाग्ने छैन, त्यसका लागि उनले आसन्न निर्वाचनमा बहुमत ल्याउनुपर्ने हुन्छ । संघहरुमा फेरिएको नेतृत्व र जीवनरामविरुद्ध बाँकी समूहको मोर्चाबन्दीले उनलाई पुन ओलम्पिक चुनाव जित्न सजिलो हुने छैन । 

विधान संशोधनको विषयले जीवनराम अर्थात ओलम्पिक र सरकारको दुरी बढ्दै गएको छ । ऐनसँग बाँझिने एनओसीको विधानलाई लिएर सरकारले नेपाल ओलम्पिकमाथि हस्तक्षप गर्ने खतरा समेत उत्तिकै छ । नेपालको राष्ट्रिय खेलकुद विकास ऐन विपरित हुन लागेको एनओसीको विधान संशोधनविरुद्ध विभिन्न समुह अदालत जाने तयारी गरेका छन् । अदालत र सरकार, ओलम्पिकको विधान संशोधनको मुद्धामा जोडिन आईपुग्दा नेपालको ओलम्पिक प्रतिबन्धमा जाने खतरा समेत उत्तिकै छ, जुन अवस्थाको पुरा दोषी उनै जीवनराम हुनेछन् । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस