कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित
शुक्रबार, १४ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं । कोरम नपुगेर राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक स्थगित भएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तय गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बोर्ड बैठक शुक्रबारलाई बोलाएका थिए ।
तर शुक्रबारको बैठकमा कोरम नपुगेपछि स्थगित भएको जानकारी गराईएको छ ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कोरम नपुगेर बैठक स्थगीत भएको जानकारी दिए ।
कर्णाली प्रदेशमा मंसिरमा गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने भएपछि अन्यौल कायम छ । नयाँ मिति तय गर्नुपर्ने बैठकनै कोरम नपुगेपछि स्थगित हुने अवस्था आएपछि खेलकुद थप भद्रगोल बनेको छ ।









-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)

