मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’

प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’

२०२४ नोभेम्बर २०, बुधबारखेलपाटी संवाददाता

प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’

काठमाडौं। चुनावको मुखमा विधान संशोधन गर्ने नेपाल ओलम्पिक कमिटी (एनओसी)को पछिल्लो कदमप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो व्यक्त गरेका छन्।

ओलम्पिक ‘मुभमेन्ट’भन्दा आफूहरूलाई बाहिर राखिएको गुनासोसहित प्रधानमन्त्री भेट्न पुगेका खेल संघका पदाधिकारीसमक्ष ओलीले एनओसीको पछिल्लो गतिविधिबारे चासो व्यक्त गरेका हुन्। 

‘ओलम्पिक छाडा भएको छ। नेपालको कानुन लाग्दैन, आइओसीको चार्टर मात्र भन्छ। अन्तर्राष्ट्रिय नाममा गलत धन्दा चलाइरहेका छन्। विकल्प के छन् ?,’ ओलीको भनाई उद्धृत गर्दै एक संघका पदाधिकारीले भने। प्रधानमन्त्री ओलीले एनओसीका गलत कदमको विकल्प के हुन सक्छ भनी खेल संघका पदाधिकारीसँग जिज्ञासा राखेका थिए।

प्रधानमन्त्री ओलीले आइओसीको नाममा कसैले मनपरी गर्न नपाउने भन्दै यसको समाधानको विषयमा जिज्ञासा राखेका थिए। ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँग यस विषय छलफल गर्ने विषय भेटमा जानकारी गराएका थिए। 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ विधान संशोधन गरी तेस्रो पटक अध्यक्ष बन्ने दाउमा लागेपछि नयाँ विवाद सिर्जना भएको छ। श्रेष्ठको कदमविरुद्ध एनओसीको बोर्ड बैठकमा दुई सदस्यले ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए।

चार राष्ट्रिय खेल संघहरूले ओलम्पिक ‘मुभमेन्ट’बाट आफूहरूलाई बाहिर राखिएको भन्दै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लबिङलाई तीव्र पारेका छन्। व्यक्तिगत स्वार्थका लागि खेलकुदको करिब आधा संख्यालाई बाहिर राखेर ओलम्पिक सञ्चालन भइरहेको भन्दै चार खेल संघले ओलम्पिकमा आबद्धताका लागि अन्तर्राष्ट्रिय महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, विशेष अदालत र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। 

‘दशकदेखि ओलम्पिक बाहिर राखिएका खेल संघहरूलाई आबद्धता दिन नमिल्ने तर एक व्यक्तिलाई तेस्रो पटक अध्यक्ष बनाउन विधान संशोधन गर्ने ओलम्पिकको कदम लज्जाजनक छ। ओलम्पिक मुभमेन्टमा जोडिने पाउने खेल संघको अधिकारलाई एनओसीले धेरै अड्काएर राख्न सक्दैन,’  एक पदाधिकारीले खेलपाटीसँग भने। 

प्रधानमन्त्रीसँगको भेटमा नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार, नेपाल बेसबल तथा सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपाने, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्यूत खनाल, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडेल, अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई, नेपाल रोइङ संघका महासचिव सम्पन्न श्रेष्ठलगायत थिए। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा