शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

मेचीनगरलाई उपाधि, मैत्रीपूर्ण खेलमा विश्वप्रकाशको दुई गोल

शनिबार, मंसिर १, २०८१खेलपाटी संवाददाता
मेचीनगरलाई उपाधि, मैत्रीपूर्ण खेलमा विश्वप्रकाशको दुई गोल
Classic Tech Internet Ad

काठमाडाैं। प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ। नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो।

निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन्। प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए। तर, देवासिसले धाइजनलाई खेलमा फर्काए। त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्‍याए। तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए।

लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए। खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे। तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन। यद्यपि, उनी नै खेलको प्लेयर अफ द म्याच चुनिए।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए।

मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो। यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले पाखा लगायो। ज्यामिरेगढीले ‘बाइ’ पाउँदै सिधैं अन्तिम चारमा स्थान बनाएको थियो। तर, उक्त मौकालाई ज्यामिरेगढीले सदुपयोग गर्न सकेन र यहीबाट आफ्नो यात्रा समाप्त गर्‍यो।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्‍यो। यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो। उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो। प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए। प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे। उनीहरू दुवै मेचीनगरका हुन्। मेचीनगरलाई फाइनलमा पुर्‍याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए।

नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए।

‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु। त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं। त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ,’ उनले भने।

विश्वप्रकाशको दुई गोल

मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भएको छ। राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो। शर्माले पहिलो हाफमै दुई गोल गरेका थिए। यस्तै, भास्कर काफ्ले पनि पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो। दोस्रो हाफमा भने तीन गोल भयो। राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एकरएक गोल थपे। यस्तै, कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए। यस्तै, कलकारबाट मनाेज गजुरेल, प्रमोद प्रसाईँ, भानुभक्त ढकाल, टिका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले राजनीतिक दललाई चुनौती दिएका थिए।

अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्‍यो। महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो। अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को सानदार जित हात पार्‍यो। प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए। उनले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। राजनीतिक दलबाट यस्ता गतिविधी हुन सराहनीय भएको उल्लेख गरे। सोही अवसरमा कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीति दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताए। विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए। उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

Bajaj Pulsar Motorcycle Ad
यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

भारत नआउने भए मेसी

भारत नआउने भए मेसी

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने