• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
छोटो अवधि, युनाइटेडमा गज्जबको नतिजा
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २६, २०८१ खेलपाटी संवाददाता
छोटो अवधि, युनाइटेडमा गज्जबको नतिजा

काठमाडौं। म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक रुड भान निस्टेलरोयले आफैंप्रति गर्व गर्दै छात्ति फुलाएर भन्नै पर्छ– छोटो जिम्मेवारी भए पनि मैले गज्जब नै गरें। 

किनभने अन्तरिम प्रशिक्षक जिम्मेवारी उनले सम्हाल्दा इङ्लिस प्रिमियर लिगका नौ खेलमा तीन जित निकालेको युनाइटेड १४औं स्थानमा थियो। तर, उनी आएसँगै यस्तो जादु चलाएकी टोलीले चार खेलसम्म हार के हो कल्पनासमेत गर्न परेन। घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार लेस्टर सिटीसँग भएको उनको अन्तिम खेल थियो। त्यो खेल पनि युनाइटेडले ३–० को एकपक्षीय रूपमा जित्यो।

युनाइटेडलाई पुनर्जीवित गर्ने क्रममा डच प्रशिक्षकले लिग कपमा लेस्टर र युरोपा लिगमा पिएओके सलोनिकामाथि सानदार नतिजा हासिल गरे। गत साता प्रिमियर लिगमा चेल्सीलाई पनि १–१ को बराबरीमा रोक्न उनी सफल भए।  
‘
‘हामी अनिश्चित स्थितिमा थियौं। तर, हामीले हाम्रो काम गर्ने प्रयास गर्यौं। यी चार खेलमा अधिकतम फाइदा उठाऔं भनेको थिएँ,’ उनी भन्छन्, ‘मलाई लाग्छ हामीले सोहीअनुसार नतिजा ल्यायौं। मैले वास्तवमै आफ्नो जिम्मेवारीको निकै आनन्द उठाएँ, यो छोटो तर अद्भुत अवधि रह्यो।’ 

ब्रुनो फर्नान्डिजले निस्टेलरोयको अन्तिम खेलमा दिलोज्यान दिएर खेले। उनले खेलको १७औं मिनेटमै आइभरी कोस्टका फरवार्ड अमाद डायलोको ‘ब्याक हिल’ पासमा पेनाल्टी बक्सनजिकबाट गरेको शक्तिशाली प्रहार सीधै गोलमा परिणत भयो। युनाइटेडको जर्सीमा २५०औं खेल खेलेका उनले त्यसपछि पनि गोल निकाल्ने क्रम जारी राखेका थिए। ३८औं मिनेटमा हेडरमार्फत गरेको अर्को प्रहार लेस्टरका भिक्टर क्रिस्टियनसनलाई ‘डिफ्लेक्ट’ हुँदै जाली चुम्न पुग्यो। उक्त गोलले आत्मघातीको मान्यता पाएपनि त्यसपछि एलेजान्ड्रो गार्नाचोले बेन्चबाट मैदान प्रवेश गर्दै तेस्रो गोल गरे।

यो जितसँगै युनाइटेड प्रिमियर लिगको अंक तालिकामा १३औं स्थानमा उक्लिएको छ। तर, स्थान खराब देखिए पनि युनाइटेड शीर्ष चारमा रहेका चेल्सी र आर्सनलभन्दा चार अंकले मात्र पछि छ। हुन त निस्टेलरोयको आफ्नै भविष्य अझै अन्योलमा छ। रुबेन अमोरिमले सोमबारदेखि युनाइटेडको जिम्मेवारी सम्हालिसकेका छन्। अर्को हप्ता युनाइटेडले इप्सविचको भ्रमण गर्नेछ। इप्सविच त्यही टोली हो, जसले आइतबार मात्रै टोटनह्यामलाई १–० ले पराजित गर्दै प्रिमियर लिगमा २२ वर्षपछि पहिलो जित निकाल्दै कीर्तिमान रचेको थियो। 

तर, अमोरिमको प्रशिक्षण टोलीमा उनको भूमिका रहने या नरहने निर्णय हुन अझै बाँकी छ। यद्यपि, ४८ वर्षीय निस्टेलरोयले दुई साताको अवधिमा क्लबलाई अस्थिर बनाउन आफूले गरेको कामप्रति गर्व गर्छन्।

‘यो एक ठूलो जिम्मेवारी थियो। मैले यसलाई धेरै गम्भीरतापूर्वक लिएँ। म युनाइटेडलाई राम्रो स्थानमा पुर्‍याउन र सहयोग गर्न चाहन्थें। त्यो लक्ष्य पूरा भएको छ,’ उनले भने। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP