बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा

मंगलबार, २० कार्तिक २०८१खेलपाटी संवाददाता
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा
Classic Tech Internet Ad

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन्। यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ।

बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन्)। नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए। एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन्। कुशलले गत वर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन्।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन्। ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ। यो मैदानले मलाई टी– ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ। अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ,’ उनले भने।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी(इटन  र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे। ‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए। अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन्। आफ्नो सिट बेल्ट बाँध्नुहोस्,’ उनले भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

Bajaj Pulsar Motorcycle Ad
बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

विराटनगरलाई लुम्बिनीसँग बदला लिने मौका

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

च्याम्पियन्स लिगमा प्रभावशाली बन्दै आर्सनल

रियलकै मैदानमा सिटीको जित

रियलकै मैदानमा सिटीको जित

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

चन्द्र वर्ल्ड बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा, १ करोड रुपैयाँ पुरस्कार पक्का

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

एनपीएलमा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी

रोहित र शेरले काठमान्डुलाई बनाए धरासायी