इङ्ल्यान्डमाथि नेपालको ६ विकेटको जित

काठमाडौं। कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
शुक्रबार बिहान भएको खेलमा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनायो।
कप्तान सन्दीपले आक्रमक ब्याटिङ गरे। १२ बल खेलेका उनले तीन चौका र ६ छक्कासहित ५० प्रहार गरे। उनी अविजित रहे। जारी प्रतियोगितामा यो नै पहिलो अर्धशतक हो।
५० रन बनाएसँगै रिटायर्ड हर्ट हुनुपर्ने नियमअनुसार उनीले कृज छाड्न परेको थियो। तर, त्यसपछि आएका रशिद खानले पाँच बलमै दुई चौका र दुई छक्कासहित अविजित २१ रन बनाएपछि नेपालको जित पक्का भएको हो।
सन्दीपसँगै ओपनिङमा उत्रिएका लोकेश बमले पनि अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए।
त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो।
रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो।







-1776781891908.jpeg&w=3840&q=75)




-1776931409919.jpeg&w=3840&q=75)


