काठमाडौं महानगरले तीन स्थानमा प्रत्यक्ष प्रशारण गर्ने
बुधबार, कार्तिक १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा विभिन्न ठाउँबाट प्रत्यक्ष प्रसारण देखाउने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६:३० बजे साबिक विजेता बंगलादेश र नेपाल उपाधिका लागि भिड्दैछन्।
यो खेल हेर्न धेरै दर्शकहरूलाई चाहना छ । तर, रंगशाालामै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन देखिएको छ। त्यसैकारण महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ) मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको हो।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


