बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

जेरार्ड इरसमस काठमाडौं गुर्खाजमा

शुक्रबार, ०९ कार्तिक २०८१खेलपाटी संवाददाता
जेरार्ड इरसमस काठमाडौं गुर्खाजमा
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ। जेरार्डले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (क्रिकेटमा) काठमाडौं गुर्खाजबाट खेल्ने छन् ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका इरसमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । सोक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रन बनाउनुका साथै ३८ विकेट र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउनुका साथै ५३ विकेट लिएका छन् ।

कप्तानको भुमिकामा इरसमसले नटआउट ५३ रन बनाउदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी-२० विश्वकपको सुपर १२ मा पुगेको थियो । नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा ३ मा विजय दिलाएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

‘मर्वी जेरार्ड इरसमस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्नो टोलीका सच्चा लिडर पनि हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिङका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने छ, हामी उनको आगमनको प्रतिक्षामा छौं,' काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

दुबईमा इन्टरनेश्नल लिग टी-२० खेलेका इरसमस काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाए। ‘गुर्खाज परिवारको एउटा सदस्य हुन पाउदा म आफुलाई अत्यन्तै गौरान्वित महसुस गरिरहेको छु। आफ्नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउदा मलाई गर्व छ,' इरसमसले भने, 'हामी त्यहि निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन लागि तयार छौं ।'

एनपीएल खेल्ने उनी गुर्खाजका दोस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई गुर्खाजले यसअघि नै अनुवन्धन गरिसकेको छ । लेभिट नेदरल्यान्ड्सबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सवैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । मार्चमा उनले नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा ६२ बलमा १ सय ३५ रन बनाउनेक्रममा ४९ बलमा शतक पुरा गरेका थिए । सो भ्रमणमा लेभिटले नेपालविरुद्धको तीन ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा दुईमा अर्धशतक बनाएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजको 'मार्की' खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते