काठमाडौंमा भित्रिए नेदरल्यान्ड्सका ब्याटर लेभिट
बुधबार, ०७ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।काठमाडौंमा भित्रिने २१ वर्षीय लेभिट पहिलो विदेशी खेलाडी हुन्।
लेभिटले नेदरल्यन्ड्सका लागि १७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र चार अर्धशतकसहित ५५० रन प्रहार गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ। काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन्। यसैगरी टोलीले बसन्त शाही ठकुरीलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ।







-1776781891908.jpeg&w=3840&q=75)




-1776931409919.jpeg&w=3840&q=75)


