अमेरिकाविरुद्धको सिरिज क्लिन स्वीप

काठमाडौं। आसिफ र दुई कुशल चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको छ।
सोमबार बिहान भएको खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हासिल गरेको हो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
नेपालले यसअघि पहिलो खेल १७ रनले जितेको थियो। शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगाबै सिरिज जितिसकेको थियो।
तेस्रो जितमा ओपनर आसिफ शेखसँगै कुशल भुर्तेल र कुशल मल्ल नायक बने। नेपालले पहिलो विकेट पाँचौं ओभरको पहिलो बलमा गुमाएको थियो। नेपालका ओपनर अलिनकुमार साह १३ रनमा जसदीप सिंहबाट एलबिडब्ल्यु आउट भए।
तर, अर्का ओपनर आसिफ र तेस्रो नम्बरमा आएका भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए। उनीहरू बीच ५० रनको साझेदारी भएको थियो। ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका आसिफ ५० रनमा जसदीपबाट क्याच आउट भए।
तर, अघिल्ला दुई खेलमा बेन्चमा बसेका मल्लले भुर्तेलसँग बलियो साझेदारी गर्दै नेपाललाई जित दिलाए। ३० बल खेलेका मल्लले चार चौका र एक छक्कासहित अविजित ४४ रन बनाए। दुई बल कम खेलेका भुर्तेलले दुई चौका र एक छक्कासहित अविजित ४० रन बनाए।







-1776781891908.jpeg&w=3840&q=75)




-1776931409919.jpeg&w=3840&q=75)


