भलिबल टोलीका कप्तान मानबहादुरले लिए सन्न्यास

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले सन्न्यासको घोषणा गरेका हुन्।
‘धेरै सोचविचार पछि मैले नेपाली राष्ट्रिय टोलीको कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको छु। यो निर्णय लिन सहज थिएन। तर, यो जिम्मेवारी नयाँ पुस्तालाई दिने समय आएको छ,’ उनले भने।
सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका श्रेष्ठले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन्। सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा नेपाल तेस्रो हुँदा उनले वेस्ट आउटसाइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए।
उनी घरेलु प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको कप्तानी गर्दै आएका छन्। कर्तव्यबाट विमुख भएको नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गर्दै २०८० साउन २ गते मानबहादुरलाई कप्तानी जिम्मेवारी सुम्पिएको थियो। उनी पुरुष भलिबल टोलीको ११औं कप्तानसमेत थिए। उनले एशियन गेम्समा नेपालले कप्तानीमा पनि गरेका थिए।
‘भलिबल टोलीको सदस्य हुनु र कप्तानको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सफलता रहेको महसुस गरेको छ। हामीले हासिल गरेको उपलब्धिमा गर्व गर्छु। हाम्रो टोलीको भविष्य उज्ज्वल छ भन्ने आशा गर्छु,’ उनले भने।










%20(1)-1763645320295.jpeg&w=3840&q=75)





