अमेरिकामाथि नेपालको जित

काठमाडौं। नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई शृंखलामा सुखद सुरुआत गरेको छ।
शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको हो। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो।
नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ। अमेरिका शायन जहाँगीरले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। ३४ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। तर, उनको यो सानदार इनिङ्सले अमेरिकालाई जोगाउन सकेन।
यस्तै, अन्द्रेस गौस ३०, मलिन्द कुमार २२ र जसदीप सिंह १६ रनमा आउट भए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए।
तीन ओभरमा उनले २७ रन खर्चिएका थिए। रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले समान एक विकेट लिए।त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका उनी रन आउट भए।ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए।
मध्यक्रमका दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट हुँदा गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए। अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले समान दुई विकेट लिए। अली खान र नोस्टुश केन्जिगेको नाममा समान एक विकेट रह्यो।







-1776781891908.jpeg&w=3840&q=75)




-1776931409919.jpeg&w=3840&q=75)


