अर्धशतकबाट एक रनले चुके रोहित
शुक्रबार, कार्तिक २, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान रोहितकुमार पौडेल अर्धशतकबाट एक रनले चुकेको खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो। नेपालका रोहितले सर्वाधिक ४९ रन बनाए। ३३ बलमा चार चौका र एक छक्का प्रहार गरेका उनी रन आउट भए।
ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट हुँदा गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए।









-1763309767672.webp&w=3840&q=75)





