हैदरावादले क्लासेन, कमिन्स र अभिषेकलाई रिटेन गर्ने

काठमाडौं। दक्षिण अफ्रिकाका पावर हिटर हेनरिक क्लासेनलाई इन्डिन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज सनराइजर्स हैदरावादले रिटेन गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि राखेको छ।
ईएसपीएनक्रिकइन्फोका अनुसार उनलाई २३ करोड भारुमा पहिलो खेलाडीको रूपमा रिटेन गरिने भएको छ । हैदरावादले अस्ट्रेलियाका अलराउन्डर र कप्तान प्याट कमिन्सलाई १८ करोड र भारतीय अलराउन्डर अभिषेक शर्मालाई १४ करोडमा रिटेन गर्ने छ ।
हैदरावादले ट्राभिस हेड र नितिशकुमार रेड्डीलाई पनि राख्ने योजना बनाएको छ। आईपीएल कायम राख्नको लागि अन्तिम मिति अक्टोबर ३१ हो, अर्को सिजनको लागि अक्सन यस वर्षको अन्त्यमा हुने तय छ।
२०२४ मा हैदरावाद फाइनलमा पुगेको थियो। त्यतिबेला कमिन्स टोलीको कप्तान थिए। आइपिएलको नयाँ नियमअनुसार हरेक टोलीले अधिकतम पाँच क्याप (भारतीय वा विदेशी) र दुई अनक्याप गरि ६ खेलाडी रिटेन गर्न सक्नेछन्। टोलीहरूले अक्सनमा राइट टु म्याच वा दुवैको संयोजनमार्फत खेलाडीहरू लिन सक्नेछन्।
२०२५ को अक्सनमा हरेक टोलीले १२० करोड भारु खर्च गर्न पाउनेछन्।









-1763309767672.webp&w=3840&q=75)





