ब्राजिलले चिलीलाई हरायो
शुक्रबार, २५ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं । ब्राजिलले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा चिलीलाई हराएको छ ।
बिहीबार सम्पन्न खेलमा ब्राजिलले चिलीलाई २–१ ले हराएको हो ।
बैकल्पिक खेलाडीको रुपमा आएका लुईज हेनरिकले ८९ औं मिनेटमा बिजयी गोल गरेका थिए ।
खेलमा अग्रता घरेलु टोली चिलीले दोस्रो मिनेटमा एडुआर्डो वर्गासको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा इगोर जिससले ब्राजिलका लागि बराबरी गोल फर्काएका थिए ।
पाँच पटकको विश्व च्याम्पियनलाई छनोट तालिकामा तीन अंकको आवश्यकता थियो । पछिल्लो जितले ब्राजिल १३ अंक सहित तालिकाको चौथों स्थानमा उक्लिएको छ । अर्जेन्टिना २१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।










-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)