चाँदनी र हनुमान युनाइटेड विजयी

पथरी। मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा न्यु स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ। शुक्रबार भएको खेलमा उर्लाबारीको चाँदनी फुटबल क्लब र पथरीको हनुमान युनाइटेड विजयी भएका छन्।
शुक्रबारको पहिलो खेलमा चाँदनीले हसन्दह स्पोटिङ क्लबमाथि ५–० गोलअन्तरको जित निकाल्दा पथरीको हनुमान युनाइटेडले राइजिङ स्टार फुटबल क्लबमाथि ७–० गोल अन्तरको फराकिलो जित दर्ता गर्यो।
पहिलो खेलमा चाँदनीका विशाल राईले एक्लै ५ गोल गर्न सफल भए। राई नै पहिलो खेलको म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा हनुमान युनाइटेड राइजिङमाथि हाबी बन्यो। हनुमान युनाइटेडका अकित लिम्बुले २ गोल गर्दा सुवास तामाङ,सनम तामाङ, सञ्जीव श्रेष्ठ, रविन राई र सन्तोष राईले १–१ गोल गरे।
खेलको म्यान अफ दि म्याच हनुमान युनाइटेडका सुवास तामाङ घोषित भए। शनिवार हुने पहिलो खेलमा कुशल युनाइटेड र पुल चोक फुटबल क्लब र दोस्रो खेल रमाइलो युवा क्लब र न्यु स्टार फुटबल क्लब बिच हुने छ।