उपत्यकाव्यापी कराते बिहीबार
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता बिहीबार हुने भएको छ।
प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन्। प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ।
शीर्ष ३ स्थानमा रहने टिमसँगै उत्कृष्ट पुरुष/महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ। एक दिने प्रतियोगिताका खेलहरू भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ।
गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)




