रोनाल्डोको गोलमा नासर विजयी
मंगलबार, असोज १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाका अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ।
पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले दुई साताअघि इराकको अल–सर्टासँग १–१ गोलको बराबरी खेलेका थिए। सोमबार उनले दुई गोल गरेका थिए। तर, एक गोलले अफसाइडको मान्यता पायो। यद्यपि, रियादमा निर्धारित खेल सकिँन १४ मिनेट बाँकी रहँदा उनले गरेको प्रहार निर्णायक साबित भयो।
लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले नासरका लागि गोल गर्दै पहिलो हाफको इन्जुरी समयका सुरुआती अग्रता दिलाएका थिए। रोनाल्डोले दोस्रो गोल थप्दा नासरको तीन अंक सुरक्षित देखिएको थियो।
खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर गुएडेसले गोल गर्दै अल–रेयानलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, उनी सफल भएनन्।