भारतले जित्याे साफ यु–१७ च्याम्पियनसिप
सोमबार, असोज १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। भारतले लगातार दोस्रोपल्ट साफ यु–१७ च्याम्पियनसिपको उपाधि जितेको छ।
चाम्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको हो। अघिल्लो संस्करमा भारतले नेपाललाई ४–० ले हराउँदै उपाधि जितेको थियो।
यसपल्ट भने सेमिफाइनलमा नेपाललाई ४–२ ले पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको थियो। बंगलादेशले भने पेनाल्टी सुटआउटमा पाकिस्तानालाई ८–७ ले पाखा लगाएको हो।
समूहचरणमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेलमा भारत १–० ले विजयी भएको थियो।









%20(1)-1761905198112.png&w=3840&q=75)



-1761874303153.webp&w=3840&q=75)