ललितपुरकाे सुखद सुरुआत
सोमबार, १४ आश्विन २०८१खेलपाटी संवाददाता

तस्बिर : एभरेस्ट भलिबल लिग
काठमाडौं। ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा काठमाडौं स्पाइकर्समाथि ३–१ सेटको जित निकालेको हो।
ललितपुरले पहिलो सेट २५–१९ ले जितेको थियो। तर, दोस्रो सेट भने २१–२५ ले गुमायो।
त्यसपछिका दुई सेट २५–२१, २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुरले विजयी सुरुआत गरेको हो।









-1766593825391.webp&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)


