• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
मोटरसाइक्लिङ कार्निभल आयोजना हुने
खेलपाटी संवाददाता
सोमबार, असोज ७, २०८१ खेलपाटी संवाददाता
मोटरसाइक्लिङ कार्निभल आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यसअघि मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न गरेको नासा नेपालले यस वर्षदेखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुन लागेको हो । 

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुने बताईएको छ । टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने कार्यक्रमले दिगो पर्यटन, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ, र मोटरसाइक्लिङ्ग सेफ्टीमा विषेश अर्थ राख्ने आयोजकले जनाएको छ । 

कार्यक्रमको सुरुवात शुक्रबार अन्तरक्रियाबाट हुनेछ, जसको विषय बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ रहनेछ । 
शनिबार काठमाडौं देखि नगरकोट सम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल ¥याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ । 

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा ई. गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण दिने तालिका छ । सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्नेछन् । 

मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर  लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने नासा नेपालले जनाएको छ । सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् । 

एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालको टुरिजम कमिसनले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा एड्भञ्चर स्पोर्टस्, टुरिजम स्पोर्टस्, ड्राइभ टुरिजम र टु ह्विल टुरिङका यस वर्षका कार्यक्रमहरु घोषणा गरिने छ । 
कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स स्पोर्टस् क्लवको सहयोग रहने छ । 

नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरु रहेको गाइडलाइन सार्वजनीक गरिसकेको आयोजकले बताएको छ । विश्वमै मोटरसाइकल टुरहरु धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत मोटरसाइकल टुरको गन्तव्य बन्दै गएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
१५औं संस्करणको कोरा साइकलिङ च्यालेन्ज हुँदै
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
मोटर स्पोर्ट्सको इभेन्टमा स्वीकृति अनिवार्य
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP