शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटरसाइक्लिङ कार्निभल आयोजना हुने

सोमबार, ०७ आश्विन २०८१खेलपाटी संवाददाता
मोटरसाइक्लिङ कार्निभल आयोजना हुने
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यसअघि मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न गरेको नासा नेपालले यस वर्षदेखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुन लागेको हो । 

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुने बताईएको छ । टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र सस्टेनेबिलिटीको थिममा आयोजना हुने कार्यक्रमले दिगो पर्यटन, ड्राइभ टुरिजम, टु ह्विल टुरिङ, र मोटरसाइक्लिङ्ग सेफ्टीमा विषेश अर्थ राख्ने आयोजकले जनाएको छ । 

कार्यक्रमको सुरुवात शुक्रबार अन्तरक्रियाबाट हुनेछ, जसको विषय बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ रहनेछ । 
शनिबार काठमाडौं देखि नगरकोट सम्म टु ह्विल टुरिङ टु नगरकोट नामक मोटरसाइकल ¥याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलग अन्तर्गत विमेन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ । 

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा ई. गणशेखर श्रेष्ठ र विमेन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण दिने तालिका छ । सबै विषयमा विभिन्न विज्ञहरुले टिप्पणी गर्नेछन् । 

मोटरसाइक्लिङ कार्निभलको सन्दर्भमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर  लगायतका विभिन्न प्रतिस्पर्धात्मक गेमहरु आयोजना गरिने नासा नेपालले जनाएको छ । सो अवसरमा केही भ्लगरहरुले राइडिङ र टुरिङ सम्बन्धी आफ्ना अनुभवहरु सेयर गर्नेछन् । 

एफआईएमको अनुबन्ध अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालको टुरिजम कमिसनले जनाएको छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा ‘टुरिजम एन्ड पिस’ रहेको सन्दर्भमा एड्भञ्चर स्पोर्टस्, टुरिजम स्पोर्टस्, ड्राइभ टुरिजम र टु ह्विल टुरिङका यस वर्षका कार्यक्रमहरु घोषणा गरिने छ । 
कार्निभललाई एफआईएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स स्पोर्टस् क्लवको सहयोग रहने छ । 

नासा नेपालले विगत देखि नै टु ह्विल टुरिङमा नेतृत्वदायी भूमिका खेलिरहेको र एनटीबी तथा एफआईएमको सहयोगमा विभिन्न डेस्टिनेसनहरु रहेको गाइडलाइन सार्वजनीक गरिसकेको आयोजकले बताएको छ । विश्वमै मोटरसाइकल टुरहरु धेरै लोकप्रिय छन् र विस्तारै नेपालमा समेत मोटरसाइकल टुरको गन्तव्य बन्दै गएको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप