काभा क्लब च्याम्पियनसिप : उपाधिका लागि पुलिस र हुमो भिड्दै

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति ८:३० बजे हुनेछ। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई पनि पराजित गरेको थियो।
गत आइतबार भएको पहिलो खेलमा पुलिसले हुमोलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।सोमबार र मंगलबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई त्यही सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भयो।
बिहीबार घरेलु टोली वाम्कोसँग भिड्दा भने पुलिसले जितका लागि संघर्ष गर्नुपर्यो। उक्त खेलमा पुलिस ३–२ को सेटमा विजयी भयो। यही जितसँगै पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो।
शुक्रबार भएको प्रारम्भिक चरणको अन्तिम खेलमा पुलिसले घरेलु टोली माल्दिभ्स पुलिस क्लब ३–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा पाँच खेलमा लब्याएको थियो।












-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)

