आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षण बिचैमा छाडेर स्वदेश फर्किन् फुपु

शनिबार, ०५ माघ २०७५खेलपाटी संवाददाता
प्रशिक्षण बिचैमा छाडेर स्वदेश फर्किन् फुपु
Loading ad...
mustang rice ad

काठमाडौं । टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री नेपाल फर्किएकी छिन् । गत बर्ष भएको साउथ एशियन जुडो च्याम्पियनसिप लगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिएर स्वेदेश फर्किएकी हुन् । उनी करिब ८ महिना जापानमा प्रशिक्षण गरिन ।

‘औपचारिक प्रक्रिया अघि बढाउदाँ कुनै जानकारीनै नदिएर फुपु नेपाल फर्किएको सुन्नमा आएको छ ।’ नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले भने ।

प्रशिक्षणका लागि जापान पुगे लगत्तै फुपु घाईते भएको र मानसिक रुपमा तनावमा रहेको जानकारी आफुलाई प्राप्त भएको अध्यक्ष बज्राचार्यको भनाई छ ।

१२ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपुलाई सम्भावना भएको खेलाडीको रुपमा ओलम्पिक कमिटिले बैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो ।

सन् २०२० मा जापानमा हुने ओलम्पिकमा छनोटमार्फत खेलाडी सहभागि गराउने योजना स्वरुप फुपुलाई जापानमा प्रशिक्षणमा पठाईएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिट, जापान ओलम्पिक कमिटि र नेपाल ओलम्पिक कमिटिको सहकार्यमा नेपाल जुडो संघसंग समन्वय गरेर फुपुलाई दिर्घकालिन योजना अन्तर्गत जापानमा प्रशिक्षणको व्यवस्था मिलाईएको थियो ।

‘जुन उद्वेश्यले हामीले उहाँलाई जापान पठायौ । त्यसमा उहाँ गम्भिर नभएर त्यहाँबाट प्राप्त रिपोर्टले देखाउँछ ।’ नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले भने, ‘अभ्यासलाई केन्द्रित गरेर खेलाडीलाई नराख्ने हो भने पदक जित्न निकै गाह्रो छ भन्ने कुरा यो घटनाले देखाउँछ ।’

पछिल्लो घटनाले थप खेलाडीलाई विदेशमा अभ्यासकालागि पठाउने बिषयमा असर गरेको श्रेष्ठले बताए ।

‘जापानबाट आएको रिपोर्ट अनुसार उनको अभ्यासप्रति खासै लगाव नभएको देखिएको छ । समयमा नसुत्ने र धेरै मोबाईल खेलाउने जस्ता कुरा आएका छन् । रिपोर्टहरु चाँडै सार्वजनीक गछौ ।’ अध्यक्ष श्रेष्ठले भने ।

तर सागकी स्वर्णधारी खेलाडी फुपुले आफुले ओलम्पिक कमिटि र जुडो संघको नेतृत्वलाई जानकारी दिएर मात्र नेपाल फर्किएको दाबी गरेकी छिन् ।

‘मैले धेरै म्यासेज गरेको थिए । फोन गरेको थिए । तर सबै प्रक्रियामा छ भन्ने मात्र जवाफ आयो । म निकै निराश भईसकेको थिए ।’ उनले खेलपाटीसंग भनिन् ।
फुपुले जापानको बस्ने वातावरण नमिलेको भन्दै आफुलाई मानसिक तनाव दिने काम भएको बताईन् ।

‘वातावरणनै मिलेन । २४ घण्टा एक्लै बस्न पर्ने अवस्था थियो । सबैले हेला गर्थे । अभ्यास गर्दा समेत गुरुले खाली मानसिक तनाव दिने काम गरे ।’ उनले थपिन्, ‘सिक्नै गएको हो । आफ्नो लागि छुट्टै ठाउँ बनाउ भन्नेनै थियो । तर तनाव सहन नसकेर स्वेदश आए ।’

उनले भनिन्, ‘म बिना कारण फर्कने मान्छे होईन । सबैलाई जानकारी दिएको हो । म आफै आउछु भनेर आएको हुँ ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो